सन्दिप आबद्ध मेलबर्न स्टार्स फाइनलमा पराजित
प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार

अस्ट्रेलियाको बिग बास लिगको फाइनलमा नेपाली युवा क्रिकेटर सन्दीप लमिछाने आवद्ध टोली मेलबर्न स्टार्स पराजित भएको छ । उपाधिका लागि मेलबर्न रेगेनेट्ससँग प्रतिस्पर्धा गरेको मेलबर्न स्टार्स १३ रनले पराजित भएको हो।
मेलबर्न स्टार्स अप्रत्याशित रुपमा पराजित भएको हो । फाइनल खेल मेलबर्न स्टार्सको इनिङको १३ औं ओभरपछि एक्कासी उल्टिएको थियो । मेलबर्नस्टार्सले १९ रन जोड्दा लगातार ७ विकेट गुमाएपछि खेल रेनेगेड्सले जितेको हो ।
१३ औं ओभरको खेल हुँदासम्म खेल पूरै मेलबर्न स्टार्सको पक्षमा थियो । ९३ रनको स्कोर खडा गर्दासम्म कुनै पनि विकेट नगुमाएको मेलबर्न स्टार्स जित्नेमा ढुक्कजस्तै देखिएको थियो । तर १३ औं ओभरपछि एक्कासी खेल उल्टियो र रेनेगेड्सले शानदार कमब्याक गर्यो ।
मेलबर्न स्टार्सका लागि ओपनर बेल डंकले सर्वाधिक ५७ रन बनाए । स्टोनिसले ३९ रन बनाउँदा अन्य ब्याट्सम्यानले खासै योगदान गर्न सकेनन् । कप्तान म्यास्वेल ६ बलमा १ बन बनाएर आउट भए ।
यस अघि बलिङमा भने मेलबर्न स्टार्स ले निकै राम्रो प्रदर्शन गरेको थियो । फाइनल खेलमा सन्दीपले कुनै विकेट लिन नसकेपनि निकै कसिलो बलिङ गरेका छन् । चारै ओभर बलिङ गर्न पाएका उनले १६ रन मात्रै दिए ।
सातौं ओभरमा बलिङमा आएका सन्दीपले २ रन मात्रै दिए । त्यसपछि ९ औं ओभरमा ५ रन, १३ औं ओभरमा ३ रन १५ औं ओभरमा ५ रन दिए, । २४ बलमा उनले कुनै अतिरिक्त रन दिएनन् । उनको बलमा मेलबर्न रेगेनेट्सका ब्याट्सम्यानले १ चौका मात्रै प्रहार गर्न सके ।
बिगबस पछी सन्दिप पाकिस्तानी सुपर लिग खेल्न जानेछन् । पाकिस्तानी सुपर लिग यूएिमा गत बिहीबार देखि सुरु भैसकेको छ ।