काठमाडौं बिश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य सहरको पाचौ स्थानमा


प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार

विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य सहरहरुमा काठमाडौं ५ औं स्थानमा परेको छ । हरेक वर्ष विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य र यात्रा गर्न लायक स्थानहरूको सुची सार्वजनिक पार्दै आएको लोन्ली प्लानेटले काठमाडौंलाई उत्कृष्ट १० सहरभित्र समावेश गरेको हो ।

लोन्ली प्लानेटको वेवसाइटले काठमाडौंलाई विश्वकै घुम्नलायक सहरको पाँचौ नम्बरमा राखेको छ। काठमाण्डौको ट्राफिक व्यवस्था दशककै राम्रो रहेको कुरालाई वेबसाइटले बढी महत्व दिएको छ।

त्यसबाहेक वाइफाइ, शान्तपना, नियमित विद्युत लगायतका कारण काठमाडौं झनै घुम्नलायक सहर रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ ।

घुम्नैपर्ने उत्कृष्ट १० सहरको सूचीमा पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभी साद, चौथोमा संयुक्त राज्य अमेरिकाको मायामी, पाँचौमा नेपालको काठमाडौंलाई समावेश गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com