बोक्सीको आरोपमा कुटिएकी बौवाबती त्रासमा,रीतपूर्वक जाहेरी नपरेकोभन्दै प्रहरीपछि हट्यो


प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार

प्रहरीले ‘रीतपूर्वक जाहेरी नपरेको’ भन्दै कारबाही प्रक्रिया अघि नबढाएपछि बोक्सी भन्दै कुटपिट गरिएकी बौवाबती महतो र उनको परिवार त्रासमा बसिरहेका छन् । गाउँमा पुगेको प्रहरी टोली पनि कुटपिट गर्नेहरूलाई सामान्य सोधपुछ गरेर फर्किएपछि उनलाई झन् समस्या भएको हो ।

सिरहाको नरहा गाउँपालिका–३ चन्द्रअयोध्यापुर खोरियाकी ५० वर्षीया बौवाबती महतोलाई २४ माघमा बोक्सी भन्दै छिमेकीले कुटपिट गरेका थिए । स्थानीय अमिरी सदायका १९ वर्षीय छोरा सञ्जीव बिरामी भएपछि बोक्सी लगाएको भन्दै सबै मिलेर गाउँको चौतारामा कुटपिट गरिएको थियो । उनले २६ माघमा मिर्चैयास्थित इलाका प्रहरी कार्यालयका निवेदन दिएकी थिइन् । तर, प्रहरीले ‘रीतपूर्वकको जाहेरी नपरेको’ भन्दै आठ दिन बितिसक्दा पनि कारबाही प्रक्रिया अघि बढाएको छैन ।

गाउँमा पुगेको प्रहरी टोलीले पनि कुटपिट गर्नेहरूकै पक्षमा लागेको पीडित बौवाबतीका पति रामलोचनले बताए । ‘प्रहरीले गाउँमा आएजस्तो मात्र ग¥यो । कुटपिट गर्नेहरूले बौवाबतीलाई बोक्सी नै हो भने । प्रहरीले केही गरेन,’ रामलोचनले भने । प्रहरी केही नगरी फर्किएपछि कुटपिट गर्नेहरू नै बलिया भएको बताए ।
प्रहरीमा निवेदन दिएपछि गाउँलेहरू टाडिएको उनले बताए । ‘गाउँलेहरूको भिडले कुन वेला के गर्ने हुन् भन्ने त्रासमा छौँ,’ रामलोचनले भने, ‘सानासाना पाँच छोराछोरी छन् । उनीहरूलाई घरमा छोडेर काममा जान पनि अप्ठ्यारो भएको छ ।’ नयाँ पत्रिकामा प्रकाशित

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com