विवेकशील साझाको समता-संवादमा महिला बेचबिखन विरुद्धकी चर्चित अभियन्ता :सुनिता दनुवार


प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार

-काठमाडौ

महिला बेचबिखन विरुद्धकी चर्चित अभियन्ता सुनिता दनुवारले मानव वेचविखनविरूद्धको अभियानमा लाग्दा ठूला भनिने राजनीतिक दलका कतिपय नेता र पहुँचवाला व्यक्तिहरूले असहयोग मात्रै होईन दलाल र विचौलिया वचाउन अहिले पनि धम्की दिने गरिरहेको वताउनु भएको छ ।

विवेकशील साझा पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले संचालन गरिरहेको ‘समता-संवाद-शृंखला’मा शनिवार आफ्ना अनुभव सुनाउँदै दनुवारले सवैको सहयोगमा मात्रै निकृष्ट चेलिवेटी र मानव वेचविखन विरुद्धका दलाल,विचौलियाहरुलाई जेल कोच्न सकिने उल्लेख गर्नु भयो ।मन्त्रीहरु,नेताहरु चेलिवेटी वेचविखन गर्ने आफ्ना कार्यकर्तालाई छुटाउन धम्की र पैसाको लालच देखाउने गरेकाले सवैको सहकार्यमा मात्रै यो जालो तोड्न सकिने भन्दै सहयोगको याचना गर्नु भयो ।

समता-संवादमा वोल्दै केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले समानता, समावेशिता, सामाजिक न्याय र मानव मर्यादाका विभिन्न पाटाहरुवारे पार्टीले प्राथमिकताका साथ काम गरिरहेको वताउनु भयो ।

‘हामी समता अभियानमा अग्रभागमा रहेर काम गरिरहेका छौ, सोही वमोजिम यस क्षेत्रका अभियन्ताहरुलाई निम्त्याउदै समतामुलक संवृद्धि अभियानमा उहाँहरुको अनुभव ग्रहण गर्न समता-संवाद-शृंखला संचालन गरिरहेका छौ, सामाजिक न्याय तथा समावेशिता विभागका प्रमुख समेत रहेका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले उल्लेख गर्नु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१४ वर्षको उमेरमै वेचिएकी दनुवार उद्धार गरिए पछि महिला बेचबिखन विरुद्ध निरन्तर लागिपरेकी अभियन्ता हुन । उनी चर्चित अन्तरास्ट्रिय पुरस्कारहरु ‘डेमोक्रेसी एण्ड ह्युमन राइट्स’ र ‘ट्राफिकिङ्ग इन पर्सन हिरो’ टिआइपी-हिरो २०१८ बिजेता हुन्। दनुवारले बेचिएपछि भोग्नुपरेको दर्दनाक जीवनकथा समेटेर लेखेको पुस्तक ‘आँसुको शक्ति’ हृदयबिदारक छ।

समता संवाद शृंखलामा यसअघि चर्चित पुरस्कार फ्रिडम फ्रम फियर विजेता पूर्वकमलरी उर्मिला चौधरी, प्रभावकारी उत्प्रेरक दृष्टी विहीन श्रृष्टी केसी,वादी महिला आन्दोलनकी संघर्षशील नेतृ उमादेवी वादी लगायतलाई मुख्य वक्ताको रुपमा प्रस्तुत गरिसकेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com