दुई पुस्ताका ६ चर्चित कलाकार लण्डनमा, सम्हालिन्छ कहिले मनको छायांकन जारी


प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

पुराना पुस्ताका चर्चित तीन नेपाली कलाकारहरु गौरी मल्ल, सरोज खनाल र धिरेन शाक्य यतिबेला लण्डनमा छन् । फरबरीको पहिलोसाता लण्डन आएका उनीहरु चलचित्र सम्हालिन्छ कहिले मनको छायांकनमा व्यस्त रहेका छन् ।

उनीहरुका साथमा नयाँ पुस्ताका चर्चित कलाकारहरु आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनपनि चलचित्रको छायांकनका लागि यतिबेला लण्डनमा छन् । सुदर्शन थापाको लेखन र निर्देशनमा लभ स्टोरीमा निर्माण भइरहेको चलचित्रको अधिकांश अंश लण्डनमा नै छायांकन हुने जनाइएको छ । नेपालको मनाङमा पनि चलचचित्रको केही अंश छायांकन हुनेछ ।

यो चलचित्रमार्फत नेपाली चलचित्रमा डेब्यु गर्न लागेका सोनम भारतीय मुलका तिब्बीयन गायक हुन् ।

चलचित्रका निर्माता अमित बस्नेत हुन् । भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्यामा छायांकन सुरु गरिएको चलचित्र छायांकनका लागि फरबरीको अन्तिम सातासम्म आफूहरु लण्डनमा रहने कलाकार गौरी मल्लले खसोखासलाई जानकारी दिइन् । चलचित्रको छायांकन लण्डनका अतिरिक्त स्कटल्याण्ड र वेल्समा पनि हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com