अमेरिकी जेलबाट छुट्दा औषतमा १५ हजार डलर धरौटी राख्छन् नेपाली


प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

– किशोर पन्थी

अमेरिकी अध्यागमन जेलबाट छुट्दा नेपालीहरुले औषतमा १५ हजार अमेरिकी डलर धरौटी राख्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार गैरकानुनी रुपमा सिमा प्रवेश गर्ने क्रममा अध्यागमन जेलमा परेका नेपालीहरुले औषतमा १५ हजार अमेरिकी डलर धरौटी राख्ने गरेका छन् ।

आर्थिक बर्ष सन् २०१९ को तथ्यांक हेर्दा अमेरिकी अध्यागमन जेलबाट धरौटीमा छुट्दा नेपालीले बुझाउने धरौटी रकम विगतको तुलनामा ह्वात्तै बढेको छ । आर्थिक बर्ष २०१७ मा औषतमा नेपालीले बुझाउने धरौटी रकम १० हजार अमेरिकी डलर रहेकोमा २०१८ र २०१९ मा औषतमा १५ हजार पुगेको हो ।

विगत १८ बर्षको तथ्यांक हेर्दा भने औषतमा नेपालीहरुले बुझाउने धरौटी रकम १० हजार अमेरिकी डलरको हाराहारीमा छ । दलाललाई लाखौं रकम बुझाएर मेक्सिकोको बाटोहुँदै गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा सिमाक्षेत्रमा समातिएका नेपालीहरुमध्ये अधिकांश धरौटीमा छुट्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २००१ मा नेपालीले बुझाउने औषत धरौटी रकम ३७५० डलर रहेको थियो । सन् २००२ मा बढेर औषतमा ६५ सय डलर पुग्यो । सन् २००३ मा २५ सय, सन् २००४ देखि सन् २००७ सम्म ५ हजार, सन् २००८ मा ४ हजार, सन् २००९ मा ६ हजार डलर नेपालीले बुझाउने औषत धरौटी रकम रहेको थियो ।

त्यस्तै सन् २०१० मा ४ हजार, सन् २०११ मा ५ हजार, सन् २०१२ मा ७५ सय, सन् २०१३ मा ८ हजार, सन् २०१४ मा ७२५० डलर नेपालीले धरौटी बुझाउने औषत रकम रहेको थियो । त्यस्तै सन् २०१५ मा ७५ सय, सन् २०१६ मा १० हजार हुँदै अहिले औषत धरौटी रकम १५ हजार अमेरिकी डलर पुगेको छ ।

अमेरिकी अध्यागमन अदालतमा मुद्दा जारी रहँदा नेपालीहरु धरौटीमा रिहा हुने गरेका छन् । मुद्दाको टुंगो लागिसकेपछि भने धरौटी रकम फिर्ता लिन पाइन्छ । तर जेलमा रहेको बखत दोश्रो व्यक्ति मार्फत धरौटी राख्नुपर्ने भएकाले धरौटी रकम फिर्ता गर्ने क्रममा भने अमेरिकामा थुप्रै नेपालीहरु ठगिने गरेका छन् ।

हामीले नेपालीले बुझाउने बोण्ड रकमका बारेमा श्रृंखलाबद्ध समाचार प्रकाशित गर्दैछौं । खसोखास हेर्दै गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com