काठमाडौँमा भूकम्पको धक्का महसुस
प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो । कीर्तिपुर आसपास केन्द्रबिन्दु भई भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।