आफ्नै हजुरबुवाबाट ५ वर्षीय नातिनीको बलात्कार


प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

अर्घाखाँची सन्धीखर्क नगरपालिकामा शुक्रबार आफ्नै हजुरबुवाले ५ वर्षीय नातिनीको बलात्कार गरेका छन्। सन्धिखर्क ११ डिभर्ना अमिले निवासी ६५ वर्षीयले पाँच वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।

जबरजस्ती करणीको बारेमा बालिकाले आमालाई बताएपछि आमाले प्रहरीलाई जानकारी दिएकी थीइन्। आरोपीलाई नियन्त्रणमा लीइ अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

त्यस्तै बिहीबार अर्घाखाँचीको भूमिकास्थान–१ साम्नेगाउँकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्युठानको मल्लरानी गाउँपालिका–२ सिउतेका ६८ वर्षीय डण्डबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो।

पीडित बालिका शारीरिक रूपमा कमजोर देखिन थालेपछि उनकी आमाले थाहा पाएको र घटना सार्वजनिक भएको हो। विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा ली प्युठान प्रहरीलाई बुझाएको छ।

चाउचाउ खाने पैसा दिएर ललाइफकाई बालिकालाई बलात्कार गरेको पीडितले बताएकी छन्। बालिका गत पुसदेखि नै वृद्धबाट बलात्कारको सिकार हुँदै आएको प्रहरीले जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com