राइड एप्लिेकेशन उबरलाई सन् २०१८ मा झण्डै पौने २ अर्ब डलर घाटा भएको छ । शुक्रबार सन् २०१८ को आर्थिक विवरण सार्वजनिक गर्दै उबरले १ दशमलव ८ बिलियन डलर घाटा भएको जनाएको हो ।
योसँगै उबरले अब आईपीओमा जाने तयारी गरेको छ । जसअन्तरगत उबरको शेयर खुद्रा लगानीकर्ताहरुले समेत किन्न पाउनेछन् । सन् २०१७ मा २ दशमलव २ बिलियन डलर घाटा रहेको प्रतिवेदन उबरले सार्वजनिक गरेको थियो ।
सन् २०१९ मा उबर सार्वजनिक शेयर मार्केटमा जाने अपेक्षा गरिएको छ । ९ बर्ष अगाडि स्थापना भएको उबरले विश्वब्यापी रुपमा नै सेवा प्रदान गर्दै आएको छ । उबरको मुख्यालय क्यालिफोर्नियामा रहेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।