छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग राम्रो सम्बन्ध विस्तार भएको छ– प्रधानमन्त्री ओली


प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मूलुकमासङ्घीयता व्यावहारिकरुपमा कार्यान्वयन गर्न सरकार सफल भएको बताएका छन् ।

शुक्रवार एवीसी न्यूजका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंगको विषेश कार्यक्रम आउटलुकमा उक्त कुरा बताएका हुन ।
प्रधानमन्त्री ओलीले सरकार बनेको एक वर्षको अवधिमा मुलुकमा तीनवटै तहमा सरकार सञ्चालन, कर्मचारी समायोजन र विभिन्न कार्यालय स्थापना गरी सङ्घीयता व्यावहारिकरुपमा कार्यान्वयन भएको बताए ।

यो वर्ष सङ्घीयता कार्यान्वयन गर्ने वर्षका रुपमा रहेको उल्लेख गर्दै यो अवधिमा सङ्घीयता कार्यान्वयनका लागि १०९ वटा कानून संशोधन गरेको र ५५ वटा कानून विधेयकका रुपमा संसद्मा पेश भएको उनले जानकारी दिए । “सरकार समृद्धि प्राप्तिको लक्ष्यमा निरन्तर अगाडि बढेको छ, अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार भएको छ, पारवहन सन्धि, रेल र पानीजहाज कम्पनी खुल्दैछन्”, प्रधानमन्त्री ओलीले भने, “छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग राम्रो सम्बन्ध विस्तार भएको छ,।”

यो वर्ष सरकारले अगाडि सारेको सामाजिक सुरक्षा योजना अत्यन्तै सफल कार्य भएको उल्लेख गर्दै उनले यसमा ६०० बढी रोजगारदाता समाहित भएको बताए । “मुलुकभर सडक विस्तार, विमानस्थल निर्माण तथा विस्तार भएका छन् । “अहिले निराशा फैलाउने बेला होइन, लोकतन्त्रको कुनै विकल्प छैन, हामीले स्रोत साधन र क्षमताको पूर्ण प्रयोग गरिरहेका छौँ”, प्रधानमन्त्री ओलीले भने, “ढिला हुनसक्छ तर राम्रा काम भइरहेका छन्, हामीले उधारा योजना बाँडेका छैनौँ देश बन्छ बनाउनु पर्छ । ”

ABC Television Nepal

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com