विलियम बार नयाँ महान्यायाधिवक्ता


प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार

अमेरिकी सिनेटले नयाँ महान्यायाधिवक्तामा विलियम बारको नाम निश्चित गरेको छ । बारले सन् १९९१ देखि सन् १९९३ सम्म राष्ट्रपति जर्ज बुसका पालामा पनि महान्यायाधिवक्ताका रुपमा काम गरेका थिए ।

अमेरिकामा महान्यायाधिवक्ताले डिपार्टमेन्ट अफ जस्टिसको प्रमुखका रूपमा काम गर्छन् । संसदमा उनको नियुक्तिबारे मतदान हुनसक्ने बताइएपनि रिपब्लिकनको बहुमत रहेको सिनेटमा उनको पक्षमा बहुमत आउने निश्चित छ ।

बारको नियुक्तिपछि कार्यकारी महान्यायाधिवक्ताले डिपार्टमेन्ट अफ जस्टिस छाड्ने बताइएको छ । बार रिपब्लिकन पार्टीका सदस्यसमेत हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com