जनयुद्धमा ज्यान गुमाएका परिवारसँग गएर मागे माफी


प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार

नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले माओवादीले गरेको जनयुद्धमा मान्छे मारिएकोमा क्षमायाचना गरेका छन् ।पूर्वपश्चिम जनजागरण अभियानको क्रममा बुधबार गृह नगर गोरखाको पालुङटार पुगेका उनले जनयुद्धप्रति गर्व भए पनि मान्छे मारिएकोमा क्षमायाचना मागेका हुन् ।पालुङटार नगरपालिकाका जनप्रतिनिधि तथा बासिन्दासँगको अन्तरक्रियामा भट्टराईले त्याग र बलिदानबाट नै राजतन्त्र हटेर देश संघीय गणतान्त्रिक बनेको बताए ।‘जनयुद्धका शहीद, बेपत्ता परिवारजन, घाइते सबैप्रति म सधैं नतमस्तक रहन्छु ।

जनयुद्धको राजनीतिक नेतृत्व लिएकोमा मलाई गर्व छ । कैयौं मान्छेको ज्यान गयो त्यसमा दुःख छ। मारिनु नपर्ने साथीहरू मारिनुभयो । अत्यन्त दुःख छ, म क्षमायाचना गर्न चाहन्छु । राजनीतिमा पनि त्याग र बलिदान नगरी उपलब्धि प्राप्त नहुने रहेछ’ उनले भने, ‘राजतन्त्र हटाउन जनयुद्ध गरिएको थियो । प्राप्त गरियो, कैयौं कुरा बाँकी छ ।’नयाँ ढंगको क्रान्ति आफूहरूले नयाँ तरिकाबाट जारी राखेको उनले बताए ।जनयुद्ध लडेको हिजोको क्रान्तिकारी शक्ति आज भ्रष्टाचारमा डुबेको भन्दै उनले आफूहरू बाँचेर पनि मरेकोजस्तो हुने त होइन भनेर प्रश्न गरेका छन् । ‘मर्ने मरेर गए । ज्यूँदाहरू एकपछि अर्को भ्रष्टाचार काण्डमा मुछिनुभएको छ । कांग्रेसलाई जित्ने गरी’, उनले भने, ‘जनयुद्धका शहीदप्रति धोका भएको छ ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com