जनयुद्धमा ज्यान गुमाएका परिवारसँग गएर मागे माफी


प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार

नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले माओवादीले गरेको जनयुद्धमा मान्छे मारिएकोमा क्षमायाचना गरेका छन् ।पूर्वपश्चिम जनजागरण अभियानको क्रममा बुधबार गृह नगर गोरखाको पालुङटार पुगेका उनले जनयुद्धप्रति गर्व भए पनि मान्छे मारिएकोमा क्षमायाचना मागेका हुन् ।पालुङटार नगरपालिकाका जनप्रतिनिधि तथा बासिन्दासँगको अन्तरक्रियामा भट्टराईले त्याग र बलिदानबाट नै राजतन्त्र हटेर देश संघीय गणतान्त्रिक बनेको बताए ।‘जनयुद्धका शहीद, बेपत्ता परिवारजन, घाइते सबैप्रति म सधैं नतमस्तक रहन्छु ।

जनयुद्धको राजनीतिक नेतृत्व लिएकोमा मलाई गर्व छ । कैयौं मान्छेको ज्यान गयो त्यसमा दुःख छ। मारिनु नपर्ने साथीहरू मारिनुभयो । अत्यन्त दुःख छ, म क्षमायाचना गर्न चाहन्छु । राजनीतिमा पनि त्याग र बलिदान नगरी उपलब्धि प्राप्त नहुने रहेछ’ उनले भने, ‘राजतन्त्र हटाउन जनयुद्ध गरिएको थियो । प्राप्त गरियो, कैयौं कुरा बाँकी छ ।’नयाँ ढंगको क्रान्ति आफूहरूले नयाँ तरिकाबाट जारी राखेको उनले बताए ।जनयुद्ध लडेको हिजोको क्रान्तिकारी शक्ति आज भ्रष्टाचारमा डुबेको भन्दै उनले आफूहरू बाँचेर पनि मरेकोजस्तो हुने त होइन भनेर प्रश्न गरेका छन् । ‘मर्ने मरेर गए । ज्यूँदाहरू एकपछि अर्को भ्रष्टाचार काण्डमा मुछिनुभएको छ । कांग्रेसलाई जित्ने गरी’, उनले भने, ‘जनयुद्धका शहीदप्रति धोका भएको छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com