१५ वर्षिय बालिकाको आफुलाई मार्न अनुरोध, हत्या प्रयास गर्ने व्यक्ति पक्राउ


प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार

जापानको कानागावा प्रिफेक्चरमा एक १५ वर्षिय बालिकाको हत्या प्रयास गर्ने ४३ बर्षिय योशितेरु अशिदालाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकाले सामाजिक सञ्जालमा आफूलाई मार्न सहयोगको अपिल गरेकी थिइन् । ती युवतीको अपिल देखेर अशिदाले उनलाई यदि उनी आफ्नो घरमा आउन सके उनले मार्ने भन्दै मेसेज पठाएका थिए ।

ती युवती अशिदाको घरमा पुगिन् र जब अशिदाले उनलाई समात्न खोजे उनी मर्ने विचार त्याग्दै त्यहाँबाट मागिन् । उनले यी सब बताउँदै नजिकैकौ कन्भिनियन्स स्टोरबाट आफ्नी आमालाई सम्पर्क गरेको र आमाले प्रहरीलाई खबर गरेको समाचार जापानटुडेले लेखेको छ ।

त्यसपछि सुरक्षाका कारणले प्रहरीले ती युवतीलाई कष्टडीमा लिएको बताइएको छ । अशिदाले उनीमाथि लागेको आरोप स्विकार गर्दै ती युवतीलाई मार्ने उनको मनशाय भने नभएको दाबी गरेको प्रहरीले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले यदि ती युवतीलाई आफले मारेको भए आफू पनि आत्महत्या गर्न सक्थें भन्दै प्रहरीसमक्ष बयान दिएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com