१४ करोडको चिट्ठा जित्ने युवकले मास्क लगाएर पुरस्कार थापे,कारण सुन्दा अचम्म लाग्छ


प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार

जमैकाका एक युवकले अमेरिकामा १० लाख पाउन्डको चिट्ठा जितेका छन् । यद्यपी, उनले चिट्ठा जितेको ५४ दिनपछि मात्र पुरस्कार थापेका छन् । उनी पुरस्कार थाप्न मास्क लगाएर पुगेका छन् ।

एक वेबसाइटका अनुसार युवकको नाम ए क्याम्पबेल हो । आफन्तले नचिनुन् भन्नका लागि उनले मास्क लगाउने निर्णय गरेको बताए । क्याम्पबेलले इनाम लिएको तस्बिर आयोजकले सोसल मिडियामा पनि सेयर गरे ।

उनले उनलाई डरलाग्दो मास्क लगाएर डान्स गरेको र ठूलो चेकसहित घुमिरहेको देख्न सकिन्छ । क्याम्पबेलका अनुसार उनी आफ्ना लोभी आफन्तसँग पैसा बाँड्न चाहँदैनन् त्यसकारण मास्क लगाएरै पुरस्कार लिए, फोटो खिचाए । क्याम्पबेलले जुन मास्क लगाएका थिए त्यो हलिउड फिल्म ‘स्क्रिम’ बाट लोकप्रिय भएको थियो । अमेरिकामा यो मास्क ह्यालोविनको मौकामा पनि प्रयोग हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यारेबियन देशमा साधारणतया मानिसहरु भेष बदलेर चिट्ठामा जितेको रकम लिन पुग्छन् । यसका कारण यी देशमा बढ्दो अपराध दर हो । मानिसहरुलाई लाग्छ कि पहिचान उजागर हुँदा उनीहरु र उनको परिवारलाई पैसाका लागि हत्या गरिने सम्भावना छ । गत वर्ष जूनमा पनि एक चिट्ठा बिजेता स्माइल इमोजी लगाएर इनाम रकम लिन पुगेका थिए । उनले १८ करोड जमैकन डलर जितेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com