प्रेम दिवसकै संघारमा ल्याइन मेलिना राइले प्रेमिल गीत

सुमधुर स्वरकी धनी मेलिना राइको स्वरमा “तिमी सुन न, तिमी बुझ न ” बोलको प्रेमील गीत आज बसन्त पंचामीका दिन यु ट्युबमार्फत सार्वजनिक गरिएको छ । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना निवासी डाक्टर चन्द्र गिरी र डाक्टर ऋषि बस्ताकोटीको शव्द रचनामा खेम विश्वकर्माले संगीत गरेको गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन्। गीतको रेकर्डिङ्ग काठमान्डू स्थित मेलोडी नेपाल स्टुडियोमा गरिएको हो । प्रेम मनोविज्ञानको गहिराइमा पुगेर सुललित शव्दहरूमा लेखिएको गीतमा आफुले मिहिनेतका साथ् संगीत गरेको र मेलिना राइले गायनमा राम्रै न्याय गरेकोले यो गीत स्रोताहरुको मन जित्न सफल हुनेमा आफू विस्वस्त रहेको कुरा संगीतकार खेम विश्वकर्मा बताउँछन् । प्रेम दिवसको संघारमा सार्वजनिक गरिएको यो गीतमा स्रोताले आफ्नै प्रेमील कथा भेट्टाउने कुरामा गीतकार डाक्टर चन्द्र गिरी विश्वस्त हुनुहुन्छ । गीतकार गिरीका अनुसार गीतको म्युजिक भिडियो निकट भविष्यमा अमेरिकाकै नर्थ क्यारोलाइनामा छायांकन हुँदैछ । गीत सुनको लागि लिंक: https://www.youtube.com/watch?v=v_218uI330o&feature=shar


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com
Loading...