भ्यालेन्टाइन्स डेलाई सुरेश र मेघराजको ‘मायामा…’


प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार

भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्या पारेर गीतकार सुरेश वाग्लेले एउटा रोमान्टिक यूगल गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गायक राहुल विश्वास तथा गायिका स्नेहश्री थापाको यूगल स्वरको ‘मायामा तिम्रो…’ शीर्षकको गीत सोमबार बिहान यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

 

संगीतकार मेघराज लगुनद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु सुरेश वाग्ले तथा मेघराज लगुनले रचना गरेका हुन् । संगीतकार सुमित विश्वकर्माले उक्त गीतमा संगीत संयोजन गरेका छन् । कोलकाता तथा काठमाडौंमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ तथा मास्टरिङ भने चेन्नइमा गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिकास सुवेदीद्वारा निर्देशन गरिएको म्युजिक भिडियोमा अहिलेका सबैभन्दा रोमान्टिक जोडी अभिनेता पल शाह तथा अभिनेत्री आचल शर्माले अभिनय गरेका छन् । अभिनेता शाहले आफू यो म्युजिक भिडियोप्रति उत्साहित भएको प्रतिक्रिया दिएका छन् भने अभिनेत्री शर्माले पनि आफ्ना थुप्रै म्युजिक भिडियोहरु मध्ये प्रस्तुत गीत तथा म्युजिक भिडियो आफ्नो रोजाइमा परेको प्रतिक्रिया दिएकी छिन् । भिडियोमा गीतकार सुरेश वाग्ले तथा सुशिल काफ्लेले पनि अभिनय गरेका छन् ।

अनिल के मानन्धरद्वारा छायांकन गरिएको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । सुप्रिमले नै भिडियोमा कलर ग्रेडिङको काम समेत गरेका छन् । भिडियोमा अभिनाश मानन्धरले ड्रोन पाइलट तथा सहायक छायांकारको रुपमा काम गरेका छन् ।

गीतकार वाग्लेको हालै सार्वजनिक भएको अञ्जु पन्त र मनोजराज सिवाकोटीद्वारा स्वरवद्ध गजल ‘सम्झे पनि…’ दर्शक तथा स्रोतामाझ लोकप्रिय भएको थियो । यसै वर्षको प्रारम्भमा गीतकार वाग्लेले आफ्ना एकल रचनाहरुको गजल एल्बम ‘तिमी साथ भएपछि’ काठमाडौंमा लोकार्पण गरेका थिए । उक्त एल्बमका अधिकांश गीत लोकप्रिय छन् ।

नेपाली वेबसाइटको आधिकारिक यूट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com