२०७६ सालमा बिहेको लगन धेरै


प्रकाशित मिति : माघ २८, २०७५ सोमबार

आउँदो वर्ष २०७६ मा बिहेको लगन धेरै जुरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार विवाह हुने महिनाहरु वैशाख, जेठ, असार, मंसिर, माघ र फागुन महिनाभर नै बिहेको लगन धेरै छ ।

 

वैशाखमा ११ दिन, जेठमा १७ दिन, असारमा १० दिन, मंसिरमा ८ दिन, माघमा ९ दिन र फागुनमा ११ दिन विवाहको लगन परेको छ । केही वर्षदेखि लगन नहुने महिना र दिनमा पनि बिहे गर्न चलन भए पनि धेरैले विवाहको लागि लगन नै हेर्ने गर्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com