मुस्लिम–हिन्दु, श्रीमान्–श्रीमती !


प्रकाशित मिति : माघ २८, २०७५ सोमबार

 

अतहर कमाल मुसलमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै दोस्रो पटक संघीय संसदमा छन् । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद् हुन् । सांसद् अतहरको घरभित्र धार्मिक सहिष्णुताको बेजोड उदाहरण भेटिन्छ । उनी मुस्लिम हुन्, पत्नी देउकला सुवेदी हिन्दु ब्राह्मणी ! प्रेम विवाह गरेका उनीहरुले आ–आफ्नो धर्म छाडेका छैनन् । मिलेर बसेका छन् ।

विवाहपश्चात देउकलाले आफ्नो सनातन धर्म हिन्दु छाडेकी छैनन् भने अतहर कमालले पनि मुस्लिम धर्म छाडेका छैनन् । एउटै घरभित्र श्रीमान–श्रीमतीका छुट्टाछुट्टै पूजा कोठा छन् । हिन्दु र मुस्लिम दुवै धर्मका पर्वहरु श्रीमान-श्रीमती एकसाथ मनाउँछन् ।

‘सामुहिकरुपमा घरमा इद मान्छौं । दशैं, तिहार जस्ता पर्वहरु पनि खुसीसाथ मनाउँछौं,’ अतहरले थपे, ‘एउटै घरमा बसिसकेपछि सामुहिक रुपले पूजापाठ हुन्छ । सरलता र सहजता दुवै छ र हुनेछ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूलाई ३ पटक मन्त्री बन्ने अफर आएको तर, त्यसलाई अस्वीकार गरेको बताउने गर्छन् सांसद् अतहर । होटलमा खाँदा बानी बिग्रने डरले घरमा मात्रै खाना खाने उनी नेपालको संसदीय अभ्यास सुध्रँदै गएको धारणा राख्छन् ।

मेरा मतदाता बुद्धिष्ट पनि हुन् । मुस्लिम, क्रिश्चियन पनि हुन् । अरु धर्म मान्नेहरु पनि हुन् । सबै धर्मलाई सद्भाव र सम्मान दिन सकिनँ भने उहाँहरुले मलाई मत दिनुको के अर्थ ?

कांग्रेसका नेता भए पनि सांसद् अतहर सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रशंसक हुन् । उनले प्रचण्ड चाँडै प्रधानमन्त्री बन्ने र देशको कायापलट गर्ने अपेक्षा राखेका छन् । उनले भने, ‘केपी ओलीको सरकारले निराश बनायो, अब डेढ/दुई वर्षपछि प्रचण्ड प्रधानमन्त्री बन्ने र देशलाई अगाडि बढाउने आशा छ ।’

कपिलवस्तु निवासी सांसद् मुसलमानले आफ्नो पारिवारिक, राजनीतिक र संसदीय अनुभव यसरी सुनाए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com