मुस्लिम–हिन्दु, श्रीमान्–श्रीमती !


प्रकाशित मिति : माघ २८, २०७५ सोमबार

 

अतहर कमाल मुसलमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै दोस्रो पटक संघीय संसदमा छन् । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद् हुन् । सांसद् अतहरको घरभित्र धार्मिक सहिष्णुताको बेजोड उदाहरण भेटिन्छ । उनी मुस्लिम हुन्, पत्नी देउकला सुवेदी हिन्दु ब्राह्मणी ! प्रेम विवाह गरेका उनीहरुले आ–आफ्नो धर्म छाडेका छैनन् । मिलेर बसेका छन् ।

विवाहपश्चात देउकलाले आफ्नो सनातन धर्म हिन्दु छाडेकी छैनन् भने अतहर कमालले पनि मुस्लिम धर्म छाडेका छैनन् । एउटै घरभित्र श्रीमान–श्रीमतीका छुट्टाछुट्टै पूजा कोठा छन् । हिन्दु र मुस्लिम दुवै धर्मका पर्वहरु श्रीमान-श्रीमती एकसाथ मनाउँछन् ।

‘सामुहिकरुपमा घरमा इद मान्छौं । दशैं, तिहार जस्ता पर्वहरु पनि खुसीसाथ मनाउँछौं,’ अतहरले थपे, ‘एउटै घरमा बसिसकेपछि सामुहिक रुपले पूजापाठ हुन्छ । सरलता र सहजता दुवै छ र हुनेछ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूलाई ३ पटक मन्त्री बन्ने अफर आएको तर, त्यसलाई अस्वीकार गरेको बताउने गर्छन् सांसद् अतहर । होटलमा खाँदा बानी बिग्रने डरले घरमा मात्रै खाना खाने उनी नेपालको संसदीय अभ्यास सुध्रँदै गएको धारणा राख्छन् ।

मेरा मतदाता बुद्धिष्ट पनि हुन् । मुस्लिम, क्रिश्चियन पनि हुन् । अरु धर्म मान्नेहरु पनि हुन् । सबै धर्मलाई सद्भाव र सम्मान दिन सकिनँ भने उहाँहरुले मलाई मत दिनुको के अर्थ ?

कांग्रेसका नेता भए पनि सांसद् अतहर सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रशंसक हुन् । उनले प्रचण्ड चाँडै प्रधानमन्त्री बन्ने र देशको कायापलट गर्ने अपेक्षा राखेका छन् । उनले भने, ‘केपी ओलीको सरकारले निराश बनायो, अब डेढ/दुई वर्षपछि प्रचण्ड प्रधानमन्त्री बन्ने र देशलाई अगाडि बढाउने आशा छ ।’

कपिलवस्तु निवासी सांसद् मुसलमानले आफ्नो पारिवारिक, राजनीतिक र संसदीय अनुभव यसरी सुनाए ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com