काठमाडौं अनामनगरको खोलामा नवजात बालिकाको शव भेटियो


प्रकाशित मिति : २७ माघ २०७५, आइतबार

काठमाडौंमा भर्खर जन्मिएको बच्चाको शव भेटिएको छ । काठमाडौं स्थित अनामनगरको धोबीखोलामा बालिकाको शव भेटिएको हो । प्रहरीका अनुसार बालिकाको शव खोलाले बगाएर ल्याएको थियो । उक्त नवजात बालिकाको शव खोलाले बगाएर ल्याएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले नवजात बालिकाको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाएकोअनामनगर प्रहरीले जनाएको छ ।इन्सपेक्टर शिवकुमार बुुढाथोकीका अनुसार बच्चा कस्को हो त्यसको अनुसन्धान भइरहेको बताएका छन् । प्रहरीका अनुसार बच्चा जन्मने बित्तिकै खोलामा फालेको हुनसक्ने अनुमान गरिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com