सरकार शटडाउनले ६० हजार अध्यागमन सुनुवाई स्थगित, अगाडि सार्न मोसन फाइल गर्न सकिने


प्रकाशित मिति : माघ २६, २०७५ शनिबार

अमेरिकी सरकार शटडाउनको अहिलेसम्मको लामो इतिहास कायम गर्दै ३५ दिनसम्म सरकार शटडाउन हुँदा अध्यागमन अदालतमा ६० हजार सुनुवाईहरु स्थगित भएको पुष्टी भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युकी प्रवक्ता क्याथरिन म्याटिंग्लीले यसको पुष्टी गरेकी हुन् ।

यसरी स्थगित भएका मुद्दाहरुको सुनुवाई यथाशीघ्र तय गरिने उनले बताएकी छिन् । तर अमेरिकी अध्यागमन अदालतमा रहेको चर्को ब्याकलगका कारण यस्ता सुनुवाईहरु बर्षौ पछि धकेलिने निश्चितप्राय छन् । एकजना अध्यागमन न्यायाधिसले सन् २०२२ सम्म आफ्नो क्यालेण्डर खाली नभएको बताएका छन् ।

तर आफ्नो मुद्दाको लागि सुनुवाईको मिति अगाडि नै आवश्यक परेमा आवेदकले मोसन फाइल गर्न सक्ने प्रवक्ताको भनाई छ । मोसन फाइल गरेको खण्डमा त्यस्ता अध्यागमन मुद्दाको सुनुवाई अगाडिको मितिमा तय गर्न सकिनेछ ।

खासगरी देशनिकालाको प्रकृयामा रहेका र एसाइलम आवेदन दिएकाहरुको मुद्दा अध्यागमन अदालतमा रहेको छ । अमेरिकी अध्यागमन अदालतमा अहिले झण्डै ४ हजार नेपालीका मुद्दाहरु रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com