नुन बढी खाँदा स्वास्थ्यमा यति धेरै हानि !


प्रकाशित मिति : माघ २६, २०७५ शनिबार

हाम्रो शरीरका लागि नुन अत्यावश्यक खाद्यपदार्थ हो । यसले शरीरमा सोडियमको मात्रा कायम राख्छ । मांसपेशी, तन्त्रिका, तरल पदार्थ आदिलाई सन्तुलनमा राख्न पनि नुनमा पाइने तत्वले विशेष भूमिका खेलिरहेको हुन्छ । तर, अत्यधिक नुन खाएमा त्यसले शरीरमा नकारात्मक असर पार्छ भन्ने बुझ्न जरुरी छ ।

– नुनको बढी सेवनले मस्तिष्क, धमनी र मुटुमा बढी असर गर्छ । शरीरका रसायनमा असन्तुलन आई मानिसको मृत्युसमेत हुन सक्छ ।

– विश्व स्वास्थ्य संगठनका अनुसार एउटा व्यक्तिले प्रत्येक दिन ५ ग्रामभन्दा बढी नुन सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छ । तर, दक्षिण अफ्रिकीहरू एक दिनमा ८ दशमलव ५ ग्राम नुन खाने गर्छन् । जुन पक्षाघात (स्ट्रोक) र हृदयाघातको कारण बनिरहेको छ ।

– वयस्क मानिसमा आवश्यकभन्दा बढी सोडियम हृदयरोगको कारक बन्ने गर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

– खानेकुरामा प्रयोग गरिने सोडियमको अत्यधिक मात्राले उच्च रक्तचाप निम्त्याउँछ । बुढेसकालमा सोच्ने शक्तिमा समेत
ह्रास ल्याउँछ ।

– शरीरमा सोडियमको मात्रा बढी हुँदा घुँडा र हातखुट्टा सुन्निने समस्या देखा पर्छ ।

– खानेकुरामा नुनको प्रयोग गर्दा त्यो स्वादिष्ट अवश्य हुन्छ । तर, कतिपय खानेकुरा छन्, जसमा नुनको मात्रा मिल्दैन । यस्तो हुँदा त्यसले झनै बढी असर गर्ने गर्दछ ।

– प्रशोधित खानेकुरामा प्रयोग गरिने अत्यधिक नुनले पेटमा क्यान्सर हुने सम्भावना रहन्छ । यसबाट महिलाभन्दा पुरुष बढी प्रभावित हुने गरेका छन् । सिामान्यतया मिर्गौलाले शरीरमा रहेका विकारजन्य वस्तु हटाउने, तरल पदार्थ सन्तुलनमा राख्ने र रातो रक्तकोषिकाको वृद्धिलाई नियन्त्रण गर्ने काम गर्छ । यद्यपि, उच्च रक्तचापका बिरामीले बढी नुन सेवन गर्दा मिर्गाैलाले शरीरका विषाक्त तत्व हटाउन असमर्थ हुन्छ । परिणामस्वरूप मिर्गाैला बिग्रने सम्भावना रहन्छ ।

– उच्च सोडियमयुक्त खाना, खासगरी प्रशोधित खाद्यपदार्थले शरीरमा आवश्यकताभन्दा बढी पानीको मात्रा कायम गर्छ । जसले गर्दा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com