मलेसियामा धुर्मुस र सुन्तलीले आफ्नो शानदार प्रस्तुतिले स्थानीयको मन जिते


प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार

केहि दिन अगाडी मात्र घोषणा गरिएको अभियानलाई लिएर मलेसिया पुगेका धुर्मुस र सुन्तलीले आफ्नो शानदार प्रस्तुतिले स्थानीयको मन जितेका छन्ने पालमा गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला घोषणा गरे लगतै पहिलो प्रस्तुतिको लागि मलेसिया पुगेका सिताराम कट्टेल र कुन्जना घिमिरेको भव्य स्वागत भएको छ ।

यी दुई ब्राण्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणार्थ मलेसियाको तिन शारमा ‘सिटी एक्सप्रेस : धुर्मुस–सुन्तुली साँझ–२०७५’ को आयोजना गरेको हो ।उक्त दुई शो मा धुर्मुस सुन्तलीको अभिनय लाई दर्शकले भरपुर साथ् दिएका छन् ।

जसअन्तर्गत क्वालालम्पुरमा पहिलो शो फेब्रुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा भईसकेको छ ।
यी दुईसँगै लोक गायक बद्रि पंगेनी , गतिकै मेलिना राइ , लोक गायिका सम्झना भण्डारी लगायत पनि टुरमा छन् ।

क्वालालम्पुर र पेनाङ पश्चात फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ ।झन्डै तिन अर्बको अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो साथ् पाउने विश्वास धुर्मुस सुन्तलीले व्यक्त गरेकाछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com