संसदमा ग्रिनकार्डबारे नयाँ बिल, पारित भए पारिवारिक ग्रिनकार्डको पालो छिटो आउनसक्ने (भिडियो)


प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार

अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटिक सांसद जो लोफग्रेन र रिपब्लिकन सांसद केन बकले ग्रिनकार्डको कोटा सम्बन्धमा आज नयाँ विधयेक पेश गरेका छन् । यदि उक्त विधयेक पारित भएमा रोजगारमा आधारित ग्रिनकार्डको कोटा हटाइनेछ भने परिवारमा आधारित ग्रिनकार्डको कोटा बढाइने भएको छ ।

अमेरिकामा ग्रिनकार्डको कोटा बार्षिक ६ लाख ७५ हजार रहेको छ । जसमध्ये रोजगारमा आधारित सबै श्रेणीका ग्रिनकार्डका लागि १ लाख ४० हजार र परिवारमा आधारित सबै श्रेणीका ग्रिनकार्डका लागि २ लाख २६ हजार रहेको छ । हरेक श्रेणी भित्रका फरक फरक भिसाका लागि फरक फरक कोटा रहेको छ । त्यसमा हरेक देशले ७ प्रतिशत भन्दा धेरै भिसा नपाउने नियम छ ।

संसदमा पेश गरिएको बिल पारित भए रोजगारमा आधारित ग्रिनकार्डको ७ प्रतिशतको कोटा हटाइनेछ, जस अन्तरगत जुन सुकै देशका जति पनि व्यक्तिले यो श्रेणीमा ग्रिनकार्ड प्राप्त गर्न सक्नेछन् । त्यस्तै परिवारमा आधारित ग्रिनकार्डको कोटा बढाइदा एकैबर्षमा पहिलेको तुलनामा एउटै देशका धेरै व्यक्तिले ग्रिनकार्ड प्राप्त गर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेयरनेस फर हाइ स्कील्ड इमिग्रयान्टस एक्ट नामको उक्त विधयेक पारित भएमा नेपालका लागि एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड सधै करेन्ट हुनसक्ने कानुन व्यवसायी केशव राज सेडाईले जानकारी दिनुभयो । हाल नेपालका लागि रोजगारमा आधारित एक्स्ट्रा अर्डिनरी ग्रिनकार्डको आवेदनमा चर्को ब्याकलग रहेको छ । सन् २०१८ को जुन १ भन्दा अगाडि प्राथमिकता मिति भएका नेपालीहरुलेमात्र यो क्याटेगोरीमा फरबरीमा ग्रिनकार्ड फाइल गर्न पाउँछन् । तर ग्रिनकार्ड जारी भने सन् २०१७ को डिसेम्बर १ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलाईमात्र गरिनेछ ।

नयाँ बिल पारित भएमा रोजगारमा आधारित एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड पाउन नेपालीहरुले एकबर्षभन्दा धेरै कुर्नुपरेको अवस्थामा त्यस्तो अवस्था अन्त्य हुनसक्ने सेडाईको अनुमान छ । त्यस्तै बिल पारित भएमा ग्रिनकार्ड भएकाहरुले दम्पत्ति वा छोराछोरीका लागि फाइल गर्ने ग्रिनकार्डको पालो पनि छिटो आउन सक्ने साथै नागरिकता हुनेहरुले दाजुभाई दिदीबहिनीहरुका लागि आवेदन दिएको ग्रिनकार्डको पालो पनि छिटो आउनसक्ने सेडाईले बताउनुभयो । हाल नेपालीका सन्दर्भमा दाजुभाई दिदीबहिनीहरुका लागि फाइल गरिएको ग्रिनकार्डका लागि झण्डै १४ बर्ष लाग्ने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com