यसकारण बन्द गरिदै युएससीआईएसको मस्को फिल्ड अफिस


प्रकाशित मिति : माघ २३, २०७५ बुधबार

अमेरिकी सरकारको युएससीआईएसको मस्कोमा रहेको फिल्ड अफिस स्थायी रुपमा नै बन्द गरिने भएको छ । आगामी मार्च २९ देखि कार्यालय बन्द गर्न लागिएको युएससीआईएसले जनाएको छ ।

कार्यभारमा कमी आएको भन्दै युएससीआईएसको फिल्ड अफिस बन्द गर्न लागिएको हो । फरबरी २८ सम्म सर्वसाधारणका लागि कार्यालय खुला रहने र आवेदन स्वीकार गरिनेछ ।

ग्रिसको एथेन्समा रहेको फिल्ड अफिसले त्यस क्षेत्रको कार्यभार सम्हाल्ने जनाइएको छ । रुस, अर्मेनिया, अजरबैजान, बेलारुस, इस्टोनिया, जर्जिया, कागकिस्तान, किर्गिस्तान, लाटभिया, लिथुआनिया, मोलडोभा, ताजकिस्तान, तुर्कमिनिस्तान, युक्रेन र उज्जवेकिस्तानको अमेरिकी अध्यागमनबारेको विषय एथेन्समा रहेको कार्यालयले हेर्नेछ ।

कतिपय सेवाहरु मस्कोमा रहेको अमेरिकी दूतावासले पनि हेर्ने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com