दुवै हात र एक खुट्टा गुमाएका बाँकेका कुँवरलाई आर्थिक सहयोग


प्रकाशित मिति : माघ २३, २०७५ बुधबार

नेपाली समाज नागानो केन जापान परिवारले करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका बाँकेका बुद्धिमान कुँवरलाई आर्थिक सहयोग गरेको छ ।

रोजगारीको सिलसिलामा भारतमा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका कुँवरलाई जापान परिवारले आज आर्थिक सहयोगार्थ रु एक लाख १६ हजार ९७० सहयोग गरेको हो । जापानमा रोजगारीको सिलसिलामा गएका नेपालीबाट सङ्कलित गरी सो रकम कुँवरलाई हस्तान्तरण गरिएको हो ।

संस्थाका संरक्षक पदम खत्री, संस्थापक अध्यक्ष नन्दराज रेग्मी, संरक्षक सल्लाहकार रुद्रप्रसाद सिलवालको सक्रियतामा सङ्कलित रकम हाँस्य टेलिशृृङ्खला ‘मेरी बास्सै’का कलाकार लेखान्त भुसाल र दिवाकर भण्डारीको हातबाट कुँवरलाई उक्त रकम प्रदान गरिएको हो ।

बुद्धिमानको सहयोगका लागि हालसम्म करीब रु १५ लाख रकम सङ्कलन भइसकेको सहयोग समितिले जनाएको छ । दुई हात र एक खुट्टा हाल्नका लागि करीब रु एक करोडभन्दा बढी रकम लाग्ने कुँवरको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका कारण हाल उनी सहयोगको आग्रह गर्दै काठमाडौँ आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com