अमेरिकाको हवाई राज्यको सिनेटमा सन् २०२४ सम्म १ सय बर्षभन्दा कम उमेरकाले चुरोट किन्न नपाइने कानुन बनाउन बिल पेश गरिएको छ । हवाई अमेरिकामा चुरोट सम्बन्धि सबैभन्दा कडा कानुन भएको राज्य हो ।
अमेरिकामा सन् २०१६ मा चुरोट किन्नका लागि उमेरको हद २१ बर्ष बनाउने पनि हवाई पहिलो राज्य थियो । नयाँ बिल अनुशार आगामी बर्ष चुरोट किन्ने उमेरको हद ३० बर्ष, त्यसपछिका बर्षहरुमा ४०, ५० र ६० हुँदै सन् २०२४ मा १०० बनाउने लक्ष्य लिइएको छ ।
सिगार, चपाउने सुर्ती र इ सिगरेटको हकमा भने उमेरको हदबन्दी लागु नहुने जनाइएको छ । संघीय कानुन अनुशार अमेरिकामा चुरोट किन्नका लागि १८ बर्ष उमेर पुग्नुपर्छ । कतिपय राज्यहरुले १९ र २१ बर्षको उमेरको हद तोकेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।