अमेरिकी नागरिकता आवेदन शुल्क ७२५ डलर मेयर अफिसले बेहोर्ने


प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार

अमेरिकाको वासिंटन डिसीले अमेरिकी नागरिकताका लागि योग्य उक्त सिटीका कामदार र त्यहाँ निवासी सर्वसाधारणहरुको आवदेन शुल्कका लागि प्रतिव्यक्ति ७२५ डलर तिरिदिने घोषणा गरेको छ । तर त्यसका लागि नागरिकता वर्कसपमा सहभागी हुनुपर्नेछ ।

डिसीका मेयर मुरेल बाउजरले मासिक नागरिकता वर्कसपमा सहभागी हुने व्यक्तिले आवेदन शुल्क र बायोमेट्रिक शुल्क बापत लाग्ने ७२५ डलर प्राप्त गर्नसक्ने बताएकी छिन् । सिटीले आप्रवासीका लागि काम गर्दै आएको गैर नाफामुलक संस्था नेशनल इमिग्रेशन फोरमलाई १ लाख डलर सहायता प्रदान गरेको छ ।

आगामी वर्कसप फरबरी २२ का दिनमा आयोजना गरिएको छ । मेयर अफिस अफ कम्युनिटी अफेयरको २००० १४ औं स्ट्रीट नर्थवेष्टमा रहेको रिभेस सेन्टरमा वर्कसपको आयोजना हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाई पनि अमेरिकी नागरिकताका लागि योग्य हुनुहुन्छ र वर्कसपमा सहभागी भएर अमेरिकी नागरिकता आवेदन दिने तरिका, नागरिकताका फाइदाबारे जान्न चाहनुुहुन्छ भने त्यहाँ सहभागी भएर तपाईले फाइदा लिन सक्नुहुनेछ । साथमा तपाईको नागरिकता आवेदनको शुल्क तिर्नका लागि ७२५ डलर समेत प्राप्त गर्न सक्नुहुनेछ ।

याद राख्नुहोस् , आवेदन शुल्क भने पहिले आउने व्यक्तिलाई पहिले प्रदान गरिनेछ भने रकम प्राप्त गर्न वर्कसपमा सहभागी हुनैपर्नेछ ।

वर्कसप हुने मिति र स्थान यहाँ हेर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com