अमेरिकी नागरिकता आवेदन शुल्क ७२५ डलर मेयर अफिसले बेहोर्ने


प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार

अमेरिकाको वासिंटन डिसीले अमेरिकी नागरिकताका लागि योग्य उक्त सिटीका कामदार र त्यहाँ निवासी सर्वसाधारणहरुको आवदेन शुल्कका लागि प्रतिव्यक्ति ७२५ डलर तिरिदिने घोषणा गरेको छ । तर त्यसका लागि नागरिकता वर्कसपमा सहभागी हुनुपर्नेछ ।

डिसीका मेयर मुरेल बाउजरले मासिक नागरिकता वर्कसपमा सहभागी हुने व्यक्तिले आवेदन शुल्क र बायोमेट्रिक शुल्क बापत लाग्ने ७२५ डलर प्राप्त गर्नसक्ने बताएकी छिन् । सिटीले आप्रवासीका लागि काम गर्दै आएको गैर नाफामुलक संस्था नेशनल इमिग्रेशन फोरमलाई १ लाख डलर सहायता प्रदान गरेको छ ।

आगामी वर्कसप फरबरी २२ का दिनमा आयोजना गरिएको छ । मेयर अफिस अफ कम्युनिटी अफेयरको २००० १४ औं स्ट्रीट नर्थवेष्टमा रहेको रिभेस सेन्टरमा वर्कसपको आयोजना हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाई पनि अमेरिकी नागरिकताका लागि योग्य हुनुहुन्छ र वर्कसपमा सहभागी भएर अमेरिकी नागरिकता आवेदन दिने तरिका, नागरिकताका फाइदाबारे जान्न चाहनुुहुन्छ भने त्यहाँ सहभागी भएर तपाईले फाइदा लिन सक्नुहुनेछ । साथमा तपाईको नागरिकता आवेदनको शुल्क तिर्नका लागि ७२५ डलर समेत प्राप्त गर्न सक्नुहुनेछ ।

याद राख्नुहोस् , आवेदन शुल्क भने पहिले आउने व्यक्तिलाई पहिले प्रदान गरिनेछ भने रकम प्राप्त गर्न वर्कसपमा सहभागी हुनैपर्नेछ ।

वर्कसप हुने मिति र स्थान यहाँ हेर्नुहोला ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com