माग्छेउ भने झारिदिन्छु तारा तिमीलाई (गजल)
प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार
– सन्जय सापकोटा
माग्छेउ भने झारिदिन्छु तारा तिमीलाई ,
यो आत्मा त के संसार सारा तिमीलाई ।।
साच्चै तिम्लाई मेरो लेखन मनैपर्छ भने ,
साहित्यमा छटा मार्ने पारा तिमीलाई ।।
यौवन मेरो निर्दोष छ लाने भए सुम्पिदिन्छु,
सम्हाल या त्याग अभिभारा तिमीलाई ।।
बैंसमा उम्लिएका आहाल हरु प्रसस्तै छन् ,
फेवा, रुपा, बुलबुले त के रारा तिमीलाई ।।
पंचपुरी – २ सुर्खेत
हाल : नर्थ क्यारोलिना अमेरिका






