कृषिका लागि ५ महिनामा सवा अर्बको विषादी आयात


प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार

सरकाले  अर्गानिक खेतीलाई व्यवसायीकरण गर्ने लक्ष्य राखे पनि बर्सेनि अर्बौँ रुपैयाँको विषादी आयात भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार ५ वर्षको अवधिमा करिब ११ अर्ब रुपैयाँको विषादी आयात भएको छ ।

जलवायु परिवर्तनले नयाँ किराहरु देखिने, विगतका वर्षमा छरिएको विषादीले किराहरुमा विषादी पचाउन क्षमता बढ्ने लगायका कारणले आयात बढेको बढेको जानकारहरु बताउँछन् ।

प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार विषादी मुख्यतः भारत, चीन, जर्मनलगायतबाट आयात हुन्छ ।

ती विषादी कृषि, घरायसी र स्वास्थ्य क्षेत्रका लागि आयात हुन्छ । आयातितमध्ये सबैभन्दा बढी कृषि क्षेत्रका लागि आयात भएको प्लान्ट क्वारेन्टाइन एव विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत परशुराम अधिकारीले बताए । यो समाचार राजु चौधरीले कान्तिपुरमा लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com