अमेरिकामा पक्राउ १२९ भारतीय विद्यार्थी रिहा गर्न माग, हटलाइन सुरु


प्रकाशित मिति : २१ माघ २०७५, सोमबार

भारतले अमेरिकामा पक्राउ परेका १२९ भारतीय विद्यार्थीहरुलाई रिहा गर्न र उनीहरुको इच्छाविपरित देशनिकाला नगर्न अनुरोध गरेको छ । ती विद्यार्थीहरुलाई अमेरिकी सरकारले नै नक्कली विश्वविद्यालय स्थापना गरेर फसाएको भन्दै भारतले रिहाईको माग गरेको हो ।

भारतको विदेशमन्त्रालयका तर्फबाट अमेरिकामा पक्राउ परेका भारतीय विद्यार्थीहरुलाई रिहा गर्न आग्रह गरिएको हो । न्यु दिल्लीमा रहेको अमेरिकी दूतावासमा भारतका तर्फबाट औपचारिक रुपमा कुटनीतिक अनुरोध गरिएको छ ।

यसैबीच अमेरिकामा रहेको भारतीय दुतावासले पक्राउ परेका विद्यार्थीहरुलाई सघाउन चौबीस घण्टे हटलाइन सेवा सुरु गरेको छ ।

केही दिन अगाडि अमेरिकामा सरकारले स्थापना गरेको नक्कली विश्वविद्यालयमा भर्ना भएका कारण १३० जना विद्यार्थीहरु पक्राउ परेका थिए । सरकारले अमेरिकामा विद्यार्थी भिसामा आएर भिसा जोगाउनमात्र विश्वविद्यालय भर्ना हुनेहरुलाई निशानामा राखेर नक्कली विश्वविद्यालय नै खोलेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुल्क तिरेर पढ्न जानु नपर्ने तर भिसा अद्यावधिक हुने सुविधा सहित अमेरिकी सरकारले अध्यागमन अपरेशनका दौरान नक्कली विश्वविद्यालय स्थापना गरेको थियो । मिसिगनमा फार्मिंटन युनिभर्सिटीका नाममा खोलिएको उक्त नक्कली विश्वविद्यालय बन्द गरिसकिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com