टि–२०सिरिज नेपालको कब्जा रचियो इतिहास !


प्रकाशित मिति : माघ २०, २०७५ आईतबार

g]kfnL lqms]6 6f]nL 6«kmLsf] ;fydf o”POdf ;DkGg l6–@) l;l/h lhTg ;kmn g]kfnL /fli6«o lqms]6 6f]nL 6«kmLsf] ;fydf . t:jL/M ;f}hGoM /dg l;jfsf]6L, 6f]nL Joj:yfks /fli6«o lqms]6 6f]nL, /f;;

यूएईविरुद्धको टि–२० शृंखलाको अन्तिम तथा निर्णायक खेलमा पराजित गर्दै नेपालले सिरिजमा कब्जा जमाएको छ। नेपालले यूएईविरुद्धको टि–२० शृंखला २-१ ले जित्दै नयाँ इतिहास रचेको छ । सन् २०१४ मा टि–२० विश्वकप खेलेपछि नेपालले दुईवटा टि–२० शृखंला खेलेको थियो। दुबै शृखंलामा नेपाल पराजित भएको थियोे ।

आइतबार सिरिजको अन्तिम नेपालले दिएको एक सय ५ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई १० पुरै खेल्दै ८ विकेटको नोक्सानीमा ९० रनमा समेटिएको थियो । यो संगै नेपालले १४ रनको ऐतिहासिक जित दर्ता गर्यो ।

नेपाली बलरहरुले उत्कृष्ट बलिङ गरेपछि युएईका ब्याट्सम्यान एकपछि अर्को गर्दै पवेलियन फ्रकेका थिए ।

ईनिङको पहिलो ओभर गरेका सन्दीप लामिछाने महङ्गो साबित हुँदै २० रन खर्चेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएईका सैमन अनवरले सर्वाधिक ३० रनको योगदान दिदा उनले २० बलको समना गर्दै २ चौका र १ छक्का हिर्काउदा कारण केसीको बलम क्याच आउट भए । त्यसैगरी युएईका ओपन गुलाम सब्बिरले २५ रनको पारी खेल्दा अर्का ओपनर अस्फिक अहमद ८ बनाए ।

त्यसैगरी मोहम्मद बुताले ११ रन बनाउदा मुहमद उस्मान २ रन जोड्दा कप्तान मोहम्मद नाभिद शुन्यमा आउट भए ।

बलिङतर्फ मेहमान टोली नेपालका करण केसी र अभिनास बोहरा, ललित नारायण राजबंसीले दुई दुई विकेट चट्काउदा सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट प्राप्त गरेका थिए ।

सिरिजको अन्तिम खेल वर्षा र हावा हुरिले प्रभावित हुँदा १० ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १० ओभर पुरै खेल्दै ७ विकेटको नोक्सानीमा १ सय ४ रन जोडेका थिए ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ रन जोड्दा १४ बलको सामना गरेका खड्काले ४ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै युवा क्रिकेटर सन्दीप जोराले ११ बल खेल्दै ३ छक्का प्रहार गर्दै २८ रनको आक्रामक पारी खेल्दा, विनोद भण्डारीले पनि २ चौका र १ छक्काको मद्दतले २१ रनको योगदान दिदा उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन, करण केसीले १० रन बनाएका थिए ।

त्यसैगरी दिपेन्द्र सिह ऐरीले २ रन जोड्दा, पवन सराफ र सोमपाल कामी शुन्यमा आउट भएका थिए ।

बलिङतर्फ घरेलु टोलि युएईका कप्तान मोहम्मद नाभिद र सुल्तान अहमदले दुई दुई विकेट प्राप्त गर्दा जोहर खान, सुल्तान अहमद र मोहम्मद बुताले समान एक एक विकेट लिएका थिए ।

गएको शुक्रबार भएको शृंखलाको पहिलो खेल नेपाल २१ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले खेल ३ विकेटले जित्दै शृंखला बराबरी गरेको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com