दाङमा अबैध हतियार बनाउने कारखाना फेला परेको छ । नेपाल भारत सीमामा पर्ने राजपुर गाउँपालिका वडा नम्वर ७ स्थित भौवा नाकामा हतियार कारखाना भएको सूचना पाएपपछि गएराति प्रहरीले त्यहाँ छापा हानेको थियो ।
प्रहरी उक्त अबैध हतियार कारखानाबाट भरुवा बन्दुक ६ थान, एयरगण ३ थान, बारबोर राइफल १ थान, कटुवा पेस्तोल १ थान र १ थान रिभल्बर बरामद गरेको दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
उनका अनुसार उक्त हतियार कारखानाबाट हतियार बनाउन प्रयोग हुने अन्य सामग्री पनि बरामद गरेको छ । अबैध कारखानामा बनाइएका हतियार भारत निकासी हुने गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरी अबैध हतियार कारखाना संचालक ५९ वर्षीय जीतबहादुर बुढा र रुद्रमणी घर्तीलाई पक्राउ गरी हातहतियार खरखजना मुद्दा चलाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।