वनमन्त्री बस्नेतकी भतिजी आफ्नै घरभित्र मृत फेला


प्रकाशित मिति : माघ २०, २०७५ आईतबार

वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत  आफ्नै घरभित्र मृत फेला परेकी छन् । ललितपुरको बालकुमारीस्थित आफ्नै घरमा सलमा झुण्डिएको अवस्थामा उनको शब फेला परेकाे छ ।   महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले बस्नेतकाे शव   ललितपुरको बालकुमारीस्थित आफ्नै घरमा सलमा झुण्डिएको अवस्थामा उनको शब भेटिएको पुष्टि गरे ।

उनका अनुसार ललितपुरको बालकुमारीस्थित वेस्टार अर्पाटमेन्टमा बस्ने बस्नेतकाे आइतबार शव फेला परेकाे हाे । ‘अर्पाटमेन्टको पाँचौ तलामा झुण्डिएको अवस्थामा हामीले फेला पारेका हौँ’, धानुकले बताए । उनका पति रोशन खड्का उर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजकसमेत हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com