‘कुम जोडी नाचौ लाग्यो’ रोमान्टिक गीत सार्वजनिक
प्रकाशित मिति : माघ १९, २०७५ शनिबार
अमेरिका टेक्सास निवासी पत्रकार तथा गीतकार शिव शर्मा चञ्चलको शब्द रचनामा गायक किसन रेग्मी र रेश्मा केसीको स्वर रहेको ‘कुम जोडी नाचौ लाग्यो’ बोलको गीत सार्वजनिक भएको छ । युएस मिडिया नेटवर्कले युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो ।
यसअघि कान्छि कान्छि बोलको गीत गाएर चर्चामा आएका युएस खबर डटकमका संचालक समेत रहेका रेग्मीले गीत बजारमा ल्याएका हुन । गीतमा उनकै लगानी रहेको छ । डान्सीङ नम्बरको यो गीतमा एसडी योगीले संगीत दिएका छन् । यस अघि विरही भावका गीत लेख्दै आएका चञ्चलको यो बेग्लै शब्द रचना रहेको गीतको म्युजिक भिडियो समेत निर्माण भएको छ । सिने निर्देशक शिशिर रानाले गीतको म्युजिक भिडियो निर्देशन गरेका हुन ।
गीतमा निकोलस अर्याल र एन्जल श्रेष्ठले अभिनय गरेका छन् । अमेरिकाको एच एस रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो । म्युजिक भिडियोको छायाङकन काठमान्डौका विभिन्न रमणीय स्थानहरुमा भएको हो ।
यस अघिको कान्छी बोलको गीत भन्दा यो गीतले दर्शक बटुल्ने अपेक्षा गायक किसन रेग्मीले राखेका छन् । ‘यो गीत सबै दृष्टिकोणले उत्कृष्ट बनेको छ’ गायक रेग्मीले भने–‘चर्चा बटुल्नेमा म विश्स्त छु ।’






