नेपालको टीपीएस थप्न बोस्टन सिटी काउन्सिलको ट्रम्पसमक्ष आग्रह


प्रकाशित मिति : माघ १९, २०७५ शनिबार

अमेरिकी सरकारले आगामी जुन २४ मा अमेरिकामा रहेका नेपालीलाई प्रदान गर्दै आएको टीपीएस सुविधा खारेज गर्न लागेको सन्दर्भमा बोस्टन सिटी काउन्सिलले नेपालको टीपीएस थप्न सरकारसँग आग्रह गरेको छ । नेपालका गएको भूकम्पपछि झण्डै १४ हजार नेपालीहरुले अमेरिकामा टीपीएस सुविधा लिएका थिए ।

कागजपत्रविहिनहरुलाई समेत देशनिकालाको डर विना अमेरिकामा बस्न र काम गर्न अनुमति दिने टीपीएस सुविधा थप गराउन चौतर्फी दवाव सृजना भइरहेको सन्दर्भमा बोस्टन सिटी काउन्सिलले नेपालीका पक्षमा आवाज उठाएको हो । नेपाल अझै भूकम्पबाट भत्केका विद्यालय, घर, स्वास्थ्य चौकीहरु, र पानी सुविधाको पुननिर्माणकै प्रकृयामा रहेको भन्दै टीपीएस थप गर्न अनुरोध गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो साता बोस्टन सिटी काउन्सिलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई नेपालको टीपीएस थप गराउन आग्रहका साथ रिजोलुसन समेत पारित गरेको छ । काउन्सिलले नेपाली टीपीएसवाहक र उनीहरुका परिवारले समुदायमा दिएको सकारात्मक योगदानको कदर गर्ने जनाएको छ ।

यसअगाडि बोस्टन सिटी काउन्सिलले हैटीका नागरिकको टीपीएस अवधि थप गराउन आग्रह गर्दै सन् २०१७ को मे १७ मा रिजोलुसन पारित गरेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com