एक महिने लम्बे अभियान जारी, जनतासँग बाबुराम, रोचक ९ तस्वीर


प्रकाशित मिति : माघ १९, २०७५ शनिबार

नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई यतिबेला असल राजनीतिका लागि एक महिने लम्बे अभियानमा हुनुहुन्छ । उहाँले मध्यपहाडी पुष्पलाल लोकमार्गको पूर्वदेखि पश्चिमसम्म जनसम्वाद यात्रा गर्नुहुनेछ ।

असल राजनीति र समावेसी विकासका लागि जनसंवादुको नारासहित नयाँ शक्तिले पुष्पलाल लोकमार्गमा अभियान सुरु गरेको हो । अभियानमा एक महिनाभरी नै पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई सहभागी हुनुहुनेछ ।

पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म १७७६ किलोमिटरको पुष्पलाल लोकमार्ग आसपास सञ्चालन हुने अभियानका क्रममा स्थानीय तहका समस्या र सम्भावनाका विषयमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीय अगुवाहरुसँग अन्तरक्रियारछलफल गरिने भएको छ ।

लम्बे अभियानका ४ दिनमा बाबुराम पहिलो दिन पाँचथरको च्यांगथापु पुग्नुभयो । चिवाभन्ज्यांगबाट मध्यपहाडी पुष्पलाल लोकमार्ग जनसम्बाद अभियानको विधिवत थालनीपछि पाँचथरको सदरमुकाम फिदिममा सम्बोधन गर्नुभयो । दोश्रो दिन तेह्रथुमको चुहानडाँडा, संक्रान्ति बजार, पोक्लावांग औंसीबजार, लोगुवा र साबलामा जनसम्बाद गर्नुभयो । तेश्रो दिन तेह्रथुमको म्यांगलुंग, जिरीखिम्ती, लसुने, बसन्तपुर, सिधुवाबजारमा भव्य र उत्साहजनक जनसम्बाद गर्नुभएका बाबुरामले जनसम्बाद अभियानको चौथो दिनका केही रोचक तस्वीर पनि सामाजिक सञ्जालमा पोष्ट पुग्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com