नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले पनि सामाजिक सञ्जालमा १० बर्षे फोटो च्यालेन्ज पोष्ट गरेका छन् । उनले बौद्ध स्तुपा अगाडि सन् २००८ मा लिइएको र सन् २०१८ मा लिइएको दुईवटा तस्वीरहरु पोष्ट गरेका छन् ।
उक्त तस्वीर राजदूतको ट्वीटर र अमेरिकी दूतावासको फेसबुक पेजमा शेयर गरिएको छ । दूतावासको फेसबुक पेजमा फोटो शेयर गर्दै भनिएको छ – ‘उहाँले १९८०को दशकमा गर्नुभएको पहिलो नेपाल भ्रमणदेखिनै बौद्धनाथ स्तुपालाई असीम स्नेह गर्नुहुन्छ। संलग्न तस्वीरहरूमध्ये पहिलो सन् २००८ र दोश्रो सन् २०१८मा लिइएको हो।’
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।