माइनस ७० डिग्री पुग्दै तापक्रम जम्यो पानी, बढे ज्याकेट लुटेरा


प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार

अमेरिकामा दशकौंपछि सबैभन्दा जाडो भएको छ । उत्तरी ध्रुवबाट सुरु भएको समुद्री आँधीले अमेरिकाको मध्यपश्चिम राज्यमा जताततै बरफ जमेको छ । यसलाई ‘पोलर भर्टेक्स’ भनिएको छ ।यसको कारण अमेरिकाका ९ करोडभन्दा बढी जनता शून्यदेखि माइनस १७ डिग्री तापक्रमको जाडो सहन बाध्य छन् ।

पोलर भर्टेक्सका कारण तापक्रम माइनस ४० देखि माइनस ७० डिग्री सेल्सियससम्म पुग्ने सक्ने मौसम विभागले चेतावनी दिएको छ ।विद्यालय, व्यापारिक प्रतिष्ठान, सरकारी कार्यालयहरु बन्द छन् । मध्यपूर्व राज्यमा सयौंको संख्यामा उडानहरु रद्द भएका छन् ।

शिकागो शहरको तापक्रम शून्यदेखि ३० डिग्री सेल्सियस भन्दा पनि कम छ । शिकागोमा नदीसमेत जमेको छ । शहरका मेयरले घर बाहिर ननिस्किन शहरबासीलाई अपिल गरेका छन् ।मध्यपश्चिम राज्यहरु विस्कान्सिन, मिशिगन र इलिनायका साथै प्राय गर्मी रहने दक्षिणी राज्य अलबामा र मिसिसिपीमा आपतकाल घोषणा गरिएको छ ।

मौसम विभागका अनुसार हिउँको वर्षा जारी रहने छ र धेरै क्षेत्रमा २४ इन्चसम्म हिउँ जम्नसक्ने अनुमान छ ।मौसम पूर्वानुमान गर्नेहरुका अनुसार अमेरिकाको सबैभन्दा व्यस्त शहरमध्येको एक शिकागोमा आगामी दिनमा अन्टार्ककटिकामा भन्दा पनि बढी जाडो हुनसक्ने छ ।अमेरिकाका १० राज्यहरु इलिनोय, आयोवा, मिनिसोटा, नर्थ डाकोटा, साउथ डाकोटा, विसकन्सिन, क्यानसस, मिजौरी र मोन्टानामा हिउँ वर्षा जारी छ ।

शिकागोका एक बासिन्दा रियान कोकुरेकले बीबीसीसँग भनेका छन्, यो अविश्वसनीय छ । मैले जब घर बाहिर कदम राखें, चिसो हावाले यसरी छोयो कि, सास फेर्न समेत अप्ठ्यारो भयो । अक्सिजन नै नभएजस्तो । सास फुस्केला जस्तो । यो मेरो जीवनको सबैभन्दा अनौठो अनुभव हो ।’पोलर भर्टेक्स भनिने ध्रुवीय चक्रवातको कारण अमेरिकाका धेरै क्षेत्रमा ज्यानमारा जाडो भइरहेको छ । अत्यधिक जाडोका कारण सात जनाको ज्यान गइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com