अमेरिकामा जाडो आतंक , तीन राज्यमा आपतकाल घोषणा
प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार
अमेरिकाको ४ राज्यमा अत्यधिक चिसो बढेको छ। ध्रुवीय क्षेत्रबाट आएको बरफयुक्त वायुका कारण चिसो बढेपछि तीन राज्यले आपतकाल घोषणा गरेका हुन्। मध्यपश्चिम क्षेत्रका इलिनोइ, मिसिगन र विस्कन्सिन राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ। अमेरिकामा दशकौंपछि सबैभन्दा जाडो भएको छ । उत्तरी ध्रुवबाट सुरु भएको समुद्री आँधीले अमेरिकाको मध्यपश्चिम राज्यमा जताततै बरफ जमेको छ । यसलाई ‘पोलर भर्टेक्स’ भनिएको छ ।
दक्षिणी राज्य एलाबामा र जोर्जियाका बासिन्दा चिसोबाट बढी प्रभावित भएका छन्। मौसमविधरुले त्यहाँ हिमपात हुने भविष्यवाणी गरेका छन्। बीबीसीका अनुसार बुधबार राति त्यहाँको तापक्रम माइनस ३० डिग्री सेल्सियस मापन भएको छ । उत्तरी डाकोटाको तापक्रम माइनस ३७ डिग्री सेल्सियस छ। पोलर भर्टेक्सका कारण तापक्रम माइनस ४० देखि माइनस ७० डिग्री सेल्सियससम्म पुग्ने सक्ने मौसम विभागले चेतावनी दिएको छ ।
अत्यधिक चिसोले ताल-तलैया जमेका छन्। अन्तर्ाष्ट्रिय सञ्चार माध्यमका अनुसार, न्यूर्योक र क्यानडाको सीमामा पर्ने नायगरा फल्स बरफमा परिणत भएको छ। चिसोको अत्यासलाग्दो कहरमा अमेरिकी राज्य फसेका बेला लुटपाटका घटना भैरहेको सञ्चारमाध्यमहरुले बताएका छन्।
बीबीसीका अनुसार लुटपाटका घटना हुन थालेका छन्। चिसो बढेसँगै स्कुल,व्यापारिक प्रतिष्ठान तथा सरकारी कार्यालय बन्द छन्। मध्य पूर्व राज्यमा हवाई उडान बन्द हुँदा हजारौं यात्रु प्रभावित भएका छन्।
मौसम पूर्वानुमान गर्नेहरुका अनुसार अमेरिकाको सबैभन्दा व्यस्त शहरमध्येको एक शिकागोमा आगामी दिनमा अन्टार्ककटिकामा भन्दा पनि बढी जाडो हुनसक्ने छ । अमेरिकाका १० राज्यहरु इलिनोय, आयोवा, मिनिसोटा, नर्थ डाकोटा, साउथ डाकोटा, विसकन्सिन, क्यानसस, मिजौरी र मोन्टानामा हिउँ वर्षा जारी छ ।






