पारस शाहकाे स्वास्थ्यमा सुधार हुँदै, हिँडडुल गर्न थाले


प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार

हृदयघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व पुवराज पारस शाहको स्वास्थ्य सुधार आएको छ ।

अप्रेसनपछि सिसियूमा राखिएका शाहकाे स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ र क्याविनमै यताउति हिडडुल गर्न थालेकाे अस्पतालले जनाएकाे छ ।

माघ १४ गते अचानक छाती दुखेपछि शाहलाई नर्भिकमा भर्ना गरिएकाे थियाे । उपचारसँगै शाहले सामान्य क्रियाकलाप गर्न थालेकाे र उनकाे स्वास्थ्यमा केही दिनमै थप सुधार हुने अस्पतालकाे संस्थागत सञ्चार विभागका नायव महाप्रबन्धक आरपी मैनालीले बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com