भारतकी चर्चित पप गायिका शिवानी भाटियाको कार दुर्घटनामा मृत्यु भएको छ । उत्तर प्रदेशको आग्राबाट स्टेज शो गरी दिल्ली फर्किदै गर्दा कार दुर्घटना परेको थियो ।
जमुना एक्सप्रेस नजिक उनी सडक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनमा उनका पति निखिल भाटिया गम्भिर घाइते भएका छन् । उनको उपचार भइरहेको भारतीय मिडियाले जनाएका छन् । मथुराका सुरिर कोतवाली दुर्घटना भएको थियो ।
शिवानी भाटिया विहार सीतामढ़ी निवासी थिइन । तर पछिल्लो केही बर्षदेखि उनी दिल्लीको लाजपतनगरमा पतिसँग बस्दै आएकी थिइन । दिल्ली, युपी र बिहारमा उनी निकै चर्चित गायिका थिइन । पतिले चलाईरहेको कार एक ठुलो गाडीमा ठोक्किएको थियो । त्यस लगतै उनलाई अस्पताल लगिएको थियो । तर अस्पतालले मृत घोषणा गरयो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।