अमेरिकी सिमानामा आएर एसाइलम गर्ने नेपालीलाई मेक्सिकोले फिर्ता नलिने


प्रकाशित मिति : माघ १६, २०७५ बुधबार

अमेरिकी सरकारले पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम दावी गर्ने कागजपत्रविहिनहरुलाई अदालती सुनुवाई सम्मका लागि मेक्सिको फिर्ता पठाउने नीति कार्यान्वयन सुरु गरेपनि मेक्सिकोले नेपालीलाई भने फिर्ता नलिने भएको छ । सिमाक्षेत्रबाट कागजपत्रविहिन नेपालीहरु ठूलो संख्यामा अमेरिकामा प्रवेश गरेर एसाइलम दावी गर्दै आएपनि तत्कालका लागि मेक्सिकोले उनीहरुलाई फिर्ता नलिने भएको छ ।

एल साल्भाडोर, होण्डुरस र ग्वाटेमालाका नागरिकलाई भने मेक्सिकोले अदालती सुनुवाई सम्मका लागि फिर्ता लिएर मानवीय आधारमा भिसा उपलब्ध गराउने भएको छ । उनीहरुले अदालती सुनुवाई सम्म मेक्सिकोमा नै बसेर काम गर्ने अनुमति समेत प्राप्त गर्नेछन् ।

मेक्सिकोले १८ बर्षभन्दा कम उमेरका केटाकेटीहरुलाई पनि फिर्ता नलिने जनाएको छ । त्यस्तै राष्ट्रिय सुरक्षामा खतरा रहेका र स्वास्थ्य समस्या भएकाहरुलाई पनि मेक्सिकोले फिर्ता नलिने जनाएको छ ।

अमेरिकामा अदालती सुनुवाईको मिति प्राप्त गरेकाहरुलाई मात्र मेक्सिकोले फिर्ता लैजाने जनाइएको छ । तर अदालती सुनुवाईको दिनमा भने अमेरिकी अध्यागमनले अदालतसम्म पुग्ने यातायातको व्यवस्था गर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com