एसाइलम मुद्दाको अवस्था अनलाइनमा हेर्न मिल्ने युएससीआइएसको औपचारिक घोषणा


प्रकाशित मिति : माघ १४, २०७५ सोमबार

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले अब एसाइलमका आवेदनको अवस्था पनि अनलाइनमार्फत हेर्न सकिने व्यवस्था गरिएको घोषणा गरेको छ । सोमबार युएससीआईएसले गरेको घोषणा अनुशार अब युएससीआईएसमा पेन्डिङ अवस्थामा रहेका आवेदनको अवस्था अनलाइनमार्फत हेर्न सकिने भएको छ ।

युएससीआईएसको औपचारिक घोषणा अगाडि नै शुक्रबार खसोखासले यस सम्बन्धमा समाचार प्रकाशित गरेको थियो ।

अमेरिकी अध्यागमन अदालतमा पेन्डिङ अवस्थामा रहेका मुद्दाको अवस्था भने अनलाइनमार्फत हेर्न नसकिने जनाइएको छ । युएससीआईएसका निर्देशक एल फ्रान्सिस सिस्नाका अनुशार अब आवेदकले आफ्नो एसाइलमको आवेदनको अवस्था सातै दिन र चौबीसै घण्टा अनलाइनमार्फत हेर्न सक्नेछन् ।

आफ्नो आवेदनको अवस्थाबारे थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसभन्दा अगाडि एसाएलमका आवेदनको अवस्था अनलाइनमार्फत हेर्न सकिने व्यवस्था थिएन । आवेदकले आफ्नो आवेदनबारे बुझ्नुपरेमा एसाइलम अफिसमा गएर वा फोन, फ्याक्स तथा इमेल पठाएर मात्र बुझ्न सकिने प्रावधान रहेको थियो । सरोकारवाला र गैर नाफामुलक संस्थाहरुले यो प्रकृया निकै झन्झटिलो रहेको बताएपछि अनलाइनमार्फत आवेदनको अवस्था हेर्न सकिने व्यवस्था गरिएको युएससीआईएसले जनाएको छ ।

यदि तपाईले युएससीआईएसमा एसाइलमको आवेदन फाइल गर्नुभएको छ भने तपाईले सामान्यतया ० वा २ बाट सुरु हुने ९ डिजिटको एलियन नम्बर सहित रिसिप्ट प्राप्त गर्नुहुनेछ । त्यस्तै तपाईले जेडबाट सुरु हुने १० नम्बरको रिसिप्ट नम्बर पनि प्राप्त गर्नुहुन्छ । तपाईले त्यो रिसिप्ट नम्बर अनलाइनमा हालेर आफ्नो केसको अवस्था थाहा पाउन सक्नुहुनेछ ।

रिसिप्ट नम्बर हालेपछि तपाईले आफ्नो केसको अवस्थामात्र होइन, तपाईले चाल्नुपर्ने कदमबारेपनि जानकारी प्राप्त हुनेछ । वर्क परमिटका लागि एसाइलम क्लकबारे जानकारी, अन्तरवार्ताको मिति तय भएको भएमा त्यसबारे जानकारी, अन्तरवार्ता भइसकेको भए त्यसबारे जानकारी वा निर्णय हुन बाँकी रहेको भए त्यसबारे जानकारी पनि प्राप्त गर्न सकिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com