अब एसाइलमको आवेदनको अवस्थापनि अनलाइनबाट हेर्न मिल्ने


प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार

अमेरिकामा युएससीआईएसमा आवेदन दिइएको एसाइलमको आवेदनको अवस्थापनि अनलाइनबाट हेर्न मिल्ने भएको छ । युएससीआईएसको वेवसाइटमा गएर रिसिप्ट नम्बर हालेर आफ्नो आवेदनको अवस्थाबारे बुझ्न सकिने भएको छ । अहिलेसम्म एसाइलमका केसको अवस्था अनलाइनबाट हेर्न मिल्ने व्यवस्था थिएन ।

युएससीआईएसले गरेको यो विकाश आवेदकका लागि निकै फलदायी हुने विश्वास गरिएको छ । अटोमेटिक केस अपडेट सेट गरेका आवेदकका लागि यो विशेषता थप सहयोगी हुने जनाइएको छ ।

यदि तपाईले युएससीआईएसमा एसाइलमको आवेदन फाइल गर्नुभएको छ भने तपाईले सामान्यतया ० वा २ बाट सुरु हुने ९ डिजिटको एलियन नम्बर सहित रिसिप्ट प्राप्त गर्नुहुनेछ । त्यस्तै तपाईले जेडबाट सुरु हुने १० नम्बरको रिसिप्ट नम्बर पनि प्राप्त गर्नुहुन्छ । तपाईले त्यो रिसिप्ट नम्बर अनलाइनमा हालेर आफ्नो केसको अवस्था थाहा पाउन सक्नुहुनेछ ।

रिसिप्ट नम्बरमा हालेपछि तपाईले आफ्नो केसको अवस्थामात्र होइन, तपाईले चाल्नुपर्ने कदमबारेपनि जानकारी प्राप्त हुनेछ । वर्क परमिटका लागि एसाइलम क्लकबारे जानकारी, अन्तरवार्ताको मिति तय भएको भएमा त्यसबारे जानकारी, अन्तरवार्ता भइसकेको भए त्यसबारे जानकारी वा निर्णय हुन बाँकी रहेको भए त्यसबारे जानकारी पनि प्राप्त गर्न सकिनेछ ।

बन्द गरिएको आवेदनको सन्दर्भमा पनि तपाईले अनलाइनबाट जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

तपाईको केसको अवस्था जाँच्न यहाँ क्लीक गरेर रिसिप्ट नम्बर हाल्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com