राप्रपा नेपाल र राप्रपाबीच हुन थालेको एकताप्रति प्रबासी नेपाली एकता समाज अमेरिकाको स्वागत


प्रकाशित मिति : श्रावण २३, २०७३ आईतबार



देशको चौथो ठुलो राजनीतिक शक्ति राप्रपा नेपाल र राप्रपाबीच  हुन थालेको एकताको प्रबासी नेपाली एकता समाज अमेरिकाले स्वागत गरेको छ ।

प्रबासी नेपाली एकता समाजअमेरिकाका संयोजक लोक तिवारीले वक्तव्य जारी गर्दै देशमा एउटा बैकल्पिक राष्ट्रबादी शक्तिको उदय हुने जनाउनुभएको छ ।
बक्तब्यमा भनिएको छ -‘२०४८ साल देखी सँगठित भ्एका देश बिदेशमा रहेका हामी राष्ट्रबादी कार्यकर्ता को मनोभाव बुझी दुबै पार्टीका नेतृत्व तहले देखाएको तत्परता जागरुकता र एकताको भावनालाई प्रबासी नेपाली एकता समाज (पानस अमेरिका) हार्दिक स्वागत गर्दछ ।’

‘नेपालको राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका राख्ने एउटा राष्ट्रबादी प्रजातान्त्रीक र गतिशिल पार्टी अबको राप्रपा बन्नेछ । राष्ट्रियता,संविधान कार्यन्वयन,देश बिकास र राष्ट्रिय मुद्दामा अबको राप्रपाले आवश्यक पहलकदम लिनेछ । आगामी दिनमा अझै मजबुत र देशको अग्रणी शक्ति बनोस भन्दै हामी प्रबाशमा नेपालीहरु उक्त एकता प्रक्रियाको लागी नेतृत्व लाइ बधाइ एव शुभकामना दिन चाहन्छौ । ‘ – बक्तब्यमा भनिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com