भिजिबिलिटी कम हुदा अन्तराष्ट्रिय विमानस्थलमा उडान अवतरण ठप्प
प्रकाशित मिति : माघ १३, २०७५ आईतबार
मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्ाष्ट्रिय विमानस्थलमा सबै उडान अवतरण बन्द भएको छ । अहिले काठमाडौं उपत्यकामा सिमसिम वर्षा भैरहेको छ र भिजिबिलिटी एकदमै कम छ । काठमाडौं उपत्यकामा सिमसिम वर्षा भैरहेको तर एयरपोर्ट क्षेत्रमा पानी पर्न रोकिए पनि भिजिबिलिटी १ सय मिटरमा झरेको छ ।
उडान अवरतरणका लागि १५ सय मिटरसम्म भिजिबिलिटी चाहिन्छ । यसैकारण विमानस्थलका महाप्रवन्धक राजकुमार श्रेष्ठले अहिले अन्तर्ाष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द गरिएको बताएका छन् । उनका अनुसार टाढाबाट आएका विमानहरु नजिकको एयरपोर्टमा डाइभर्ट भएका छन् ।
त्यसतै नजिकका एयरपोर्टबाट काठमाडौं हुने उडान पनि रोकिएको छ । काठमाडौंको आकाश दिउँसोतिर खुल्नसक्ने मौसम विभागको जनाएको छ । उडान अवतरण हुन सकेको छैन । उडान हुन नसक्दा बिहानै एयरपोर्ट पुगेका यात्रुहरु बिचल्लीमा परेका छन् ।मौसमविदका अनुसार काठमाडौंको आकाश दिउँसोतिर खुल्ने अनुमान छ ।






