बालबालिकाका अगाडि चुरोट सेवन गरे १ हजार डलर जरिवाना


प्रकाशित मिति : माघ १३, २०७५ आईतबार

अमेरिकाको इन्डियाना राज्यमा बालबालिकाहरुको उपस्थीति रहेको अवस्थामा गाडीभित्र चुरोट सेवन गरेमा १ हजार डलर जरिवानाको नियम ल्याउन लागिएको छ । इन्डियानाका राज्य सिनेटर जेम्स मेरिटले उक्त बिल राज्य संसदमा पेश गरेका छन् । उक्त बिल संसदबाट पारित भएमा कानुन बन्नेछ ।

पहिलोपटक बालबालिकाको उपस्थीतिमा गाडीभित्र चुरोट सेवन गर्नेलाई १ हजार डलर जरिवाना, दोश्रोपटक गर्नेलाई १ हजार डलर जरिवाना र तेश्रो पटक गर्नेलाई १० हजार डलर जरिवाना गर्ने प्रस्ताव गरिएको छ ।

अहिलेसम्म क्यालिफोर्निया, अर्कान्सास, लुजियाना, मैन, ओरेगन, युटाह, भर्मोन्ट र भर्जिनियामा बालबालिकाको उपस्थीतिमा गाडीभित्र चुरोट सेवन गरे कारवाहीको व्यवस्था रहेको छ । इन्डियानाको संसदमा ल्याइएको यो बिल पारित नभएपनि बालबालिकाको उपस्थीतिमा चुरोट सेवन गर्ने अभिभावकका लागि सन्देश प्रवाह गर्न सफल हुने विश्वास लिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com