अन्तर्राष्ट्रिय प्रशिक्षकले नेपालमा मोडलिङ प्रशिक्षण दिने, मोडल र बन्न चाहनेलाई अवशर


प्रकाशित मिति : माघ १२, २०७५ शनिबार

मिस्टर ग्रेट इन्टरनेशनल, मिस्टर मोडल अफ द वल्र्ड, मिस युनिभर्स सेबु लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा मोडलहरुलाई तालिम दिइसकेका र कोरियोग्राफी गरिसकेका अन्तर्राष्ट्रिय कोरियोग्राफर तथा निर्देशकले नेपालमा पनि मोडलिङ प्रशिक्षण दिने भएका छन् । फिलिपिन्सका एड्वार्डौ पिल्लोरा नेपालमा मोडलिङबारे थप सिक्न चाहने मोडलहरु वा मोडलिङ क्षेत्रमा आउन चाहनेहरुलाई तालिम दिनका लागि नेपाल आउन लागेका हुन् ।

अन्तर्राष्ट्रियरुपमा ख्यातीप्राप्त मोडलहरु, ब्यूटी क्वीन र किङहरुलाई प्रशिक्षण दिइसकेका उनले आगामी मार्च २२ देखि २८ सम्म सात दिन नेपालमा प्रशिक्षण दिने भएका छन् । दि कार्की स्कुल अफ मोडलिङले आयोजना गर्ने उक्त प्रशिक्षणमा मिस्टर मोडल अफ द वल्र्ड २०१८ दिक्पाल कार्कीले समेत प्रशिक्षण दिने जनाइएको छ । प्रतियोगितामा भाग लिन चाहनेहरु, मोडलहरुमात्र नभई यस क्षेत्रमा आउन चाहने कुनै पनि उमेर समुहका व्यक्तिले प्रशिक्षणमा भाग लिन पाउने मोडल दिक्पाल कार्कीले खसोखासलाई जानकारी दिए ।

ईच्छुकहरुले दि कार्की स्कुल अफ मोडलिङको कार्यालय अथवा मोबाईल नम्बर ९८१३८०४९७५ मा सम्पर्क गरि जानकारी लिन सकिनेछ । कार्यशालाका लागि रजिष्टेशन शुल्क रु १० हजार लाग्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com