काठमाडौंबाटै अपहरणमा परिन् चिकित्सककी छोरी , पैसा बुझाएपछि फिर्ता


प्रकाशित मिति : माघ १२, २०७५ शनिबार

प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई घरमा आउजाउ गर्ने व्यक्तिले नै अपहरण गरेका छन् ।

प्रहरी परिसर काठमाडौँको प्रारम्भिक अनुसन्धानमा कुनै लेनदेनका विषयमा आउजाउ भएकै व्यक्तिले अपहरण गरेको देखिएको हो ।

परिसरका प्रमुख वसन्त लामाले घरमा जाने आउने मान्छेबाटै अपहरण गरिएको र पैसासँग सम्बन्ध रहेको बताउनुभयो । अनुसन्धान भइरहेकाले वास्तविकता खुल्दै जाने उहाँको भनाइ छ ।

शुक्रबार बिहान कोटेश्वरको खरिबोटस्थित घरबाटै अपहरणमा परेकी बालिकाको अपराह्न ४ बजे सकुशल फेला पारिएको थियो । परिवारले रकम बुझेपछि जनकपुरका अपहरणकारी मनिषकुमार गुप्ताले तिलगङ्गास्थित गणेश होटल अगाडि बच्चा छाडेर फरार भएका थिए । सादा पोशाकका ४० भन्दा बढी प्रहरी परिचालन हुँदा पनि गुप्ता फरार हुन सफल भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बालिकाकी आमा बबिता शाहले पनि उनी पहिले घरमा आएर बसेको स्वीकार गर्नुभएको छ । “छोरी कोहीसँग जान मन्दिन, चिनजान नै भएकाले उसँग मानेको हुनुपर्छ ।” उहाँले भन्नुभयो । पारिवारिक स्रोतका अनुसार जनकपुरमा रहेको उनीहरुको घर आधा घण्टा हिँडेर जाँदा पुग्न सकिने ठाउँमा छ ।

बबिताले घरमा छोरा र एक जना काम गर्नेसँग छोरी छाडेर अस्पताल गएपछि शुक्रबार करीब ९ बजेतिर छोरी हराएको खबर पाउनुभएको थियो । तत्कालै प्रहरी प्रभाग कोटेश्वरलाई खबर गरेपछि महानगरीय अपराध महाशाखा र प्रहरी परिसर काठमाडौँले बच्चाको खोजतलास थालेको थियो ।

शुक्रबार अपहरणकारी जोरपाटी, जम्बुडाँडा, तिलगङ्गामा लोकेसन ट्रयाक भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
प्र

हरीका अनुसार जनकपुरमा रहेका उनका आफन्तबाट अपहरणकारीका परिवारले साढे दुई लाख रकम बुझेको जानकारीमा आएको छ । रकम बुझेको केहीसमयपछि नै बालिका अपहरण गर्ने गुप्ताकी श्रीमती अर्चना गुप्तालाई भने धनुषा प्रहरीले पक्राउ गरेको छ ।

धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले तीन-चार जना पक्राउ गरे पनि अरुले पैसा बुझेको होइन भन्ने भएपछि अर्चनालाई पक्राउ गरी आज बिहान काठमाडौँ पठाइएको जानकारी दिनुभयो । उनको साथबाट रु एक लाख ५० हजार नगदसमेत बरामद भएको प्रहरी उपरीक्षक थपलियाले बताउनुभयो ।

शुक्रबार अपहरणकारीले प्रयोग गरेको मोबाइलसमेत प्रयोग गर्न छाडेकाले नयाँ तरिकाले अनुसन्धान थालिएको प्रहरी स्रोतको भनाइ छ । आज बबिताका श्रीमान् र पक्राउ परेकी अर्चना गुप्ता काठमाडौँ आएपछि थप कुरा बाहिर आउने प्रहरीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com