ट्रम्पको सम्बोधन लगत्तै सरकार शटडाउन अन्त्य गर्ने विधयेक सिनेटबाट ध्वनीमतले पारित
प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार
डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउन तीनसाताका लागि अन्त्य गर्नेसम्झौतामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहमत भएपछि सिनेटले २१ दिनका लागि सरकार खुलाउने विधयेक ध्वनीमतले पारित गरेको छ । यो विधयेक अब तुरुन्तै प्रतिनिधिसभामा पेश गरिनेछ । प्रतिनिधिसभामाले पनि विधयेक तुरुन्तै पारित गर्ने जनाइएको छ ।
विधयेकमा राष्ट्रपति ट्रम्पले पर्खाल निर्माणका लागि माग गर्दै आएको रकम भने समावेश छैन । तर फरबरी १५ सम्म सिमानामा पर्खाल लगाउने विषय समावेश गरेर सहमति कायम नभए फरबरी १५ पछि पुन सरकार शटडाउन हुनसक्ने ट्रम्पले बताएका छन् ।
राष्ट्रपति ट्रम्पले सिमानामा पर्खाल निर्माणका लागि ५ दशमवल ७ बिलियन डलर नछुट्याएसम्म कुनै पनि विधयेकमा हस्ताक्षर नगर्ने अडान लिएका थिए । सरकार शटडाउनको ३५ औं दिनमा ट्रम्पले १५ फरबरीसम्मका लागि सरकार शटडाउन अन्त्य गर्ने सम्झौताको घोषणा गर्न पाउँदा आफूलाई निकै गर्व लागेको बताए ।






